– दिपेन्द्र आचार्य

१,
आफैलाई ठूलो ठान्छ मान्छे सम्पत्तिको आडमा
जस्तै धनीको पनि सास अडेकोछ भात माडमा
अहंकार आत्मालाई हुन्न मरी जाने शरीरले गर्छ
असली सम्पत्ति मात्रै मलामी हो मृत्यु चाडमा।।

२,
हरियो खाएर रातो थुक्ने पान कस्तो?
देश लुटेर मन्दिरमा गरिने दान कस्तो?
मान्छे मात्रै भएर के हुन्छ गुण नभए
अरुलाई ठगेर कमाएको इमान कस्तो?

३,
मान्छेलाई लडाउने मान्छे नै हुन्छ दुश्मन
मित्र छन् सबै हावा माटो पहाड र वन
मारेनन् मान्छे बाघ भालु सिंहले कहिल्यै
मार्दछ मान्छेलाई मान्छे कै शरीर र मन।।

४,
मिठास त हुन्छ गाउँमा बनेको भटमास गुन्द्रुक र फिलुङ्गेको अचारमा
आफ्नै  मिहिनेतले बनाएको दालभात साग मोहीको परिकारमा
व्हिस्की, ब्राण्डी, पिज्जा र बर्गर खानै पर्ने बन्नलाई अचेल मोडर्न
आधुनिकता विचारमा राम्रो विदेशी संस्कृति सुकाए हुन्छ भारमा।।


तिमी हाँस्दा गालामा बस्ने डिम्पल आहा
जवानीले झपक्क पारेको पिम्पल आहा
सुन्दरता शरीरको होइन मनको नै सुन्दर
नकल्ली शृङ्गारभन्दा तिमी सिम्पल आहा।।

प्रतिक्रिया

सम्बन्धित खवर