
-प्रकट पंगेनी शिव
१,
किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती
दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती
साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा
यी ओठले ती ओठलाई डसौला नि भरे राती
पहिलो चरण स्वागतमा औलाहरु चुम्न देउ
दोस्रो चरण अंगालोमा कसौला नि भरे राती
अहिले मलाई पिउन देउ मस्त मस्त नशालु भै
जे जे घस्नुपर्छ चिल्लो घसौला नि भरे राती
बाहिर जुनको जुनेलीमा बसौ एक छिन वात मार्दै
पख पख पसौला नि कोठा भित्र भरे राती
२,
उठ्यो रिमाइ फेवा तालमा छाल साँझ पख !
हान्यो रिमाइ माझी दाईले जाल साँझ पख !!
त्यही जालमा जेलिएर निस्किन् मत्स्य गन्द !
भेटेँ रिमाइ जाल भित्र माल साँझ पख !!
के हेरेथिन एकै नजर मनमा लाग्यो बाण !
भन्नु होला म त रिमाइ बेहाल साँझ पख !!
बान्कि उनको रुप उनको हिस्सी उनको देख्दा !
सत्य रिमाइ निको थेन चाल साँझ पख !!
हात माग्दा हात दिईन् चुप्पा माग्दा चुप्पा !
कामाग्नीले जल्यो रिमाइ ताल साँझ पख !!
(श्रृङ्गारिक गजलमा आफ्नो बिशेष नाम बनाएका गजलकार प्रकट पंगेनी शिवको केहीदिन अघि देहान्त हुनुभएको छ । सेतोमाटो परिवार उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ ।)
प्रतिक्रिया
-
४