-प्रकाश रम्घालि

 

हृदयमा जस्ले खसाल्यो कठोर हत्केला

दिनेछु त्यसलाई पनि धन्यवाद ।

 

फैलँदा जति भेट्छु त्यति मेरो आकाश हुनेछ

नदीले बगाएर छेऊमा उतारेको— म त एक निमेष समय थिएँ

भन्नेछु त्यस क्षणलाई पनि आभार  ।

 

कतिपय दुस्मन रातहरू थिए

र, कतिपय विद्रुप साँझहरू थिए

तिमीले दिने त्यहीँ एउटा प्रेम हो

नदिए गुनासो छैन, गर्नेछु बरू— जीवनभर सम्झना ।

 

हृदयमा ज-जस्ले आगो सल्काएर हिँडे

भन्नेछु तिनीहरूलाई पनि धेरै-धेरै धन्यवाद  ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर