-विजयता भण्डारी

संसारको ठूलो विश्वविद्यालय कहाँ छ??
झस्किँए
मन र मस्तिष्क विकासले
फूलझैँ फुलेको देशहरुतिर लम्किएँ

सम्झिएँ
संसारले बोक्न नसक्ने प्रेम मुटुमा बोकेर हिँडिरहेको
विद्यालय
अरुका लागि बाँचिरहेका शिक्षक
अँध्यारोमा रहेर उज्यालो बाँड्ने कालोपाटि
चकले गरेको हरेक गल्तिहरु सहज मेटाउने डस्टर
साँझ बिहान दिन रात
पालेजस्तै  मेहनत गरिरहने विद्यार्थी
साँवा ब्याजको आसै नराखि
करोडौंको शब्दऋण निस्वार्थ दिने पुस्तकालय

र अन्त्यमा उत्तर दिँए
संसारको सब‌ै भन्दा ठूलो विश्वविद्यालय
मेरी आमा हुन्  ।।।

***

प्रतिक्रिया

सम्बन्धित खवर