
– विजयीता भण्डारी
तातो घामले शरीर पोल्दा
होस या
चिसो ले ठिङ्याउँदा
मैले त्यो मेरो घरको बार्दली
सम्झिनु हुदैन
कामले शरिर थङ्थिलो हुदा होस
निन्द्राले गलाउदा
या भोकले सताउँदा
मैले सम्झिनु हुँदैन
बिरामी पर्दा चोट लाग्दा
अहँ, सम्झिनु हुदैन
आमाको काख
म त पर छु
घरदेखि धेरै पर
अहँ, मैले सम्झिनु हुदैन
गर्दागर्दै पाईने अवजस सहँदा होस
गालीहरूले मनमुट रेट्दा
अभावहरुले छानो चुईरहन्छ
जब सम्म
अहँ मैले सम्झिनु हुँदैन
तबसम्म सम्झनु हुँदैन
मलाई त मेरो देशले आशिर्वाद दिएर पठाएको
तर मैले मेरो देश सम्झिनु हुँदैन
जबसम्म मेरी आमाको पानीको अभावमा खेतका
गराजस्तै चिरिएको पैतालामा मासु भरिँदैन
जबसम्म मेरो बाबाको हातमा मासुका फोकाहरु
सुकेर हराउदैन्
मलाई थाहा छ
अहँ सम्झिनु हुदैन
तर जबजब
पिडाले छट्पटीन्छ
आमाको मलिन, बाबाको निन्याउरो
मुहार सम्झिन्छ मनले
तर मलाई थहा छ मैले सम्झिनु हुँदैन
जबजब पाईलाहरु अगाडि बढ्छन्
पहाड जस्तै घरहरु सुन्दर सडकहरू
सजावटका दृष्यहरु हेर्न
मनले त्यहि बिग्रेको सडक
स-सना झुप्रेहरु सम्झिरहन्छ
मलाई थहाछ मैले सम्झिनु हुँदैन
हजारौं खुसीहरू मारेर लाखौं खुसीहरू किन्न
हजारौं सपनाहरु जलाएर
लाखौँ सपनाहरु सजाउन
अनगिन्ती इच्छाहरु दबाएर
म परदेश आएको हुँ
अहँ, मैले मेरो देश सम्झिनु हुदैन
तर जिन्दगी
बाङ्गा टिङ्गा रेखाहरू जस्तै
सम्झिन भनेको सम्झिनु होजस्तो लाग्छ
आफ्नै ईच्छा पनि पराईकोजस्तो लाग्छ
बिहानको उज्यालो या सम्झाएको अँध्यारोले
केही सम्झाएकै हुन्छ
मलाई मात्रै हो जस्तै लाग्दैन
बेरोजगारी र गरिबीको सिमा
रेखा काट्न आफ्नै छातिमा टेकेर परदेशिएका परदेशीले अहँ, घर सम्झिन हुँदैन
अहँ, देश सम्झिनु हुँदैन
***
प्रतिक्रिया
-
४
-
१०