आँगन
– राज आशातीत
पाकेको कांक्रोझैं
फतक्क गलेर…
टेकोको सहारामा
ढाकर झैं,
ओर्लिएरै शिखर टेक्ने ध्याउन्नमा
न मोति भेट्न सकियो!
गज्गजाउंदो सामुद्रीक छालको चर्कोपनले
ललाट चहर्याउंदै
आंफैभित्रको चिसोपनमा कक्रिएर
मेरो अभिष्ट
पुर्ण तरल बनेको छ।
मैनमूर्ती जस्तै
उदाङीदै गरेको तिम्रो आंग
सलज्जा …
छोपिदिने इच्छा
भित्तिको पुच्छरझैं
भुंइ झरेर
उफ्रिरहेको दृश्य
आफ्नै आंखाले हेरीरहंदा …
भो!
कसैको जीवनजत्रै भारी बोकेर
संधै दोश्रो हुने
शर्त
मन्जुर छैन मलाई
***
प्रतिक्रिया
-
४