✍️ राज आशातित

यो यात्रा अत्यन्त अफ्ट्यारो छ…

आपट्टेको नीरवतामा
असमन्जस उचाल्नुपर्छ गर्हौँ विचार,

हरेक बिसाउनीमा फूल फुलाउनु पर्छ
पैतालाहरूमा कष्टको…

मस्तिष्कमा कुरुपता रोपेर
सुन्दरता झुलाइदिनुपर्छ
गुलाम बालाहरूमा…

हो ! सधैँ पछिल्तिर हल्लिईरहनुपर्छ
आज्ञाकारी पुच्छर झैँ.. चाकेडाँडीमा !

अगेनाभित्रको भुङ्ग्रोमा पिर्सोलिँदै, दहको माछोझैँ
अनेक झेली खेल खेल्दै गुज्रनुपर्छ यो बाटोबाट ।।

अनि आएर…
मुटु गाँठो पारेर छातीमा हात राखी भन्नुपर्छ,

प्रिय !
तिमीसम्म आइपुग्न रोजेको यो बाटोले
आज मलाइ मेरो परिचय दिएको छ
जून चिनारीको छाप तिम्रो अनुहारमा खोज्नु
मेरो आत्मालोचनाको यात्राको प्राप्ती हो !!

 

प्रतिक्रिया

सम्बन्धित खवर