
– नारायण तिवारी
“आमा–आमा ! पल्ला घरको रेडियोले भनेको दसैं आयो रे !”
सुन्तलीले नसुनेझैं गरी । आफ्नै घरभित्रको युद्धमा सम्लग्न भएको आफ्नो लोग्नेलाई सम्झिंदै अनुहार मलिन पारी ।
उसको सानो छोरो फेरि बोल्यो– “आमा– आमा ! रेडियोले भनेको दसैं आयो रे ।”
उसले मुख अर्कापट्टि फर्काइ र छोराले नदेख्ने गरी आँसु झारी ।
छोराले फेरी आमालाई कोट्यायो । आफ्नो दुई हत्केलाले आमाको अनुहार आफूतिर पार्यो । उसले आमाको आँखामा आँसु देख्यो र प्रसङ्ग बदल्दै फेरि बोल्यो– “आमा ! हाम्रो बा कहिले आउनुहुन्छ ?”
सुन्तलीले आफुलाई सम्हाल्न सकिन र छोरालाई अँगालो हालेर रोई ।
छोरो बोल्दै थियो– “आमा ! हामीलाई हाम्रा बा आए हुन्छ, बरु दसैं नआए पनि हुन्छ ! है आमा….!”
***
प्रतिक्रिया
-
४