✍️ अनमोल कंडेल
प्यारा
नानीहरू
तिमीहरूलाई
मैले नैतिकताको पाठ पढाउनु
मेरो गल्ती हुनेछ ।
त्यसैले,
म
बस
तिमीहरूलाई
एउटा कहानी सुनाउने छु ।
त्यो कहानी
जसमा
तिमीहरूलाई
तर्साउन सुनाइएका
भुतका कथाहरूमा
आउने
भूत
कोको
हुन ?
म
तिमीहरू सामु
खुलाउने छु ।
नानीहरू
तिमीहरू
त्यस्तो धरतीमा जन्मेका छौँ
जहाँ
पाखण्डको अघि
कहिल्यै ननिहुरिनु है
सुन्ने बित्तिकै
विश्वास नगर्नु है
बरु आफु को हो ?
आँफैलाई सोध्नु नि
आफैँले नभेटेसम्मै
उत्तर खोज्नु नि
भनेर सिकाउदा,
सुकरात भन्ने
मान्छेलाई
विष
खुवाएर
मारिएको
थियो ।
जस्ले आफु बाचुन्जेल
कहिल्यै
नडराउनु है
भनेर सिकाउने गर्थ्यो
जसले
सत्य
बोलेर हैन
बाचेर देखाउनु है
भनेर देखाउने गर्थ्यो
उस्लाई
तिम्रा पुर्खाहरूले
मारिदिएका थिए ।
हो
नानीहरू,
कहानीमा
सुनाइएको
एउटा
भूत
सुकरात
भन्ने मान्छेको हो ।
अनि
तिम्रा पुर्खाहरूले
त्यस्ता
थुप्रै
सुकरातहरूलाई
मनसुरहरूलाई
अनि
ग्यालिलियोहरूलाई
भुत बनाइदिएका छन्।
ताकि –
हुर्किदै गर्दा
तिमीहरूको
मनमा
डरको बिउ उम्रियोस
र हुर्किसकेपछि
त्यो डरको रुखमा
पाखण्डको फल लागोस् ।
त्यसैले
म तिमीहरूलाई
झुठलाई झुठ भन्नु भनेर भन्दिन ।
पाखण्डहरूको विरोध गर्नु भनेर सिकाउदिन ।
किनकि
तिमीहरू
सुकरात बन्न खोज्यौ भने
उनीहरूले तिमीहरूलाई
खोजी खोजी
कारागारमा हाल्नेछन् ।
नानीहरू
तिमीहरू
त्यस्तो संसारमा
जन्मेका छौँ
जहाँ
बाहिर देखिदा
असल देखिएका कुराहरू
वास्तवमा
असल देखिएका मात्र हुन्
त्यसैले
म तिमीहरूलाई
नैतिकताको पाठ पढाउने छैन
बरु एउटा
जादुयी
एेना
दिनेछु
जहाँ तिमीहरुले
स्पस्ट
देख्नेछौ कि
हामीहरू
छल गर्नेहरू
र
अरुलाई मारेर बाच्नेहरूको
सन्तान हौ ।
र
हामीहरूलाई
डराउन
बोलाइने
भुतहरू
हाम्रा
पुर्खाका
हातबाट
मारिएका
सुकरातहरू हुन् ।
प्रतिक्रिया
-
४