
– नवराज न्याैपाने ‘माैन’
‘दाइ ! तिहारमा घर जानुहुन्छ कि नाइ?’ उसले बाटाेमा भेट हुने बित्तिकै साेधी ।
‘ जान्न नानी। अफिसमा काम परेकाेले तिहार नमनाई अाएकाे नि!’ मैले कुरा प्रष्ट्याएँ ।
‘त्यसाे भए म याे तिहारमा टीका लगाइदिन्छु है! तपाईंकाे थर नि हाम्रै माइती खलककै रहेछ । निम्ता गरें।’ उसले खुशी हुँदै भनी।
मैले पनि सहमति जनाएँ ।
तिहारमा ऊसले टीका लगाएपछि हामी दाजुबहिनीकाे सम्बन्ध जाेडेर नजिकियाैं । बिहान राधाकृष्ण र गणेशकाे मन्दिरमा पूजा गर्न जाँदा र साँझमा खाद्यान्न तरकारी किन्ने पसलमा हाम्राे भेट हुन्थ्यो ।उसले मलाई अाफ्नै दाइजस्ताे सम्झन्टथी भने मैले उसलाई अाफ्नै बहिनीजस्तै सम्झन्थें ।
बिस्तारै हाम्रा घरायसी कुरा पनि हुन थाले । उसका बाबाअामा बितिसकेका र दाजुभाइ विदेशमा बसेकाले माइती भन्नू म मात्रै रहेछु ।
‘दाइ! कसैलाई नभन्नु है! मेराे बुढाे निकै संकीर्ण र शङ्कालु छ । कसैसँग हाँसेकाे बाेलेकाे देख्याे भने काेठामा अाएर बेसरी कुट्छ । बिहे गरेपछि मेराे पढाइ र जागिर दुवै छुट्याे । ऊ जहाँ जहाँ सरुवा भयाे,त्यहाँ त्यहाँ सँगै लिएर गयाे । त्यतिमात्र हाेइन, गाउँतिर फिल्ड जाँदा पनि सँगै लिएर जान्छ । उसकाे सारा जीवनमा म एकदिन पनि छुट्न नहुने रे!’ उसले रु्न्चे स्वरमा भनेकी थिई ।
‘ भाउजूले त पढ्न, जागिर खान, समाजसेवा र राजनीति गर्न, विभिन्न ठाउँमा एक्लै भ्रमण गर्न पाउनु भएकाे रहेछ । कति भाग्यमानी नारी!’ यति भनेर ऊ डाँकाे छाेडेर राेएकी थिई ।
तर पनि ऊ सम्बन्ध ताेड्ने पक्षमा कहिल्यै उभिन सकिन ।
***
प्रतिक्रिया
-
४
-
१०