नवराज न्याैपाने ‘माैन’

म रुन्छु तिम्रो हेरेर तस्वीर
पवित्र माया त मसङ्ग रह्यो
आँखाको नानीले जे देखें आज
निश्चिन्त मन यो झसङ्ग भयो

साँचेको थिएँ आशा र रहर
जो मेरो मनको तरङ्ग भयो
बाँचेर एउटा जिन्दगी निरस
बैंशालु मन यो भरङ्ग भयो

बिर्सिन्छु भन्छु सम्झिन्छु झन् झन्
उराठलाग्दा जुनेली प्रहर
दुख्दाे छ छाती पाेल्दाे छ आँखा
काट्नु छ मैले असंख्य कहर

****

प्रतिक्रिया

सम्बन्धित खवर