मोहन गौतम

गजल १,
भगवान खोज्न हिँड्दा सैतान देखियो
पत्थरको मन रहेछ आभास पाइयो

बाटो भुली म ज्यदै अलपत्र नै भएँ
राम्रो कुरा नसुन्ने गल्ती खुदै थियो

हा दैव आज तिम्रो ताण्डव भयो गजब
मेरो सबै धरातल देखेर भासियो

मनको रहेछ डर यो उब्जिन्छ व्यर्थमा
मान्छे मरेको गल्ली एक्कासि मोडियो

बाठो भएर मैले गल्ती ठूलै गरेँ
जब शान्ति खोज्न चाहेँ तब क्रान्ति मच्चियो

गजल २,

दबाएर साँचो कसरले फसाए
लगे धेर टाढा सफरले फसाए

बजाएर बाजा बिहे गर्छु भन्दै
थिए धेर सुन्दर नजरले फसाए

गृहस्थी म मान्छे भुलेँ हाटमा नै
बिकामे भएँ म सहरले फसाए

भयो घात भन्दा गएँ काम छोडी
मलाई नराम्रो खबरले फसाए

थियो मस्त धेरै उसैको जवानी
सुकोमल गुलाबी अधरले फसाए

***

प्रतिक्रिया

सम्बन्धित खवर