-ह्यारी बोण्ड

१)
अहिंसालाई आदर्श विचार बनाउ जित तिम्रो हुनेछ
यसैलाई जिउने आधार बनाउ जित तिम्रो हुनेछ
युद्द लडेर मात्रै दुश्मन हराइन्छ भन्ने कहाँ छ र?
मौनतालाई हतियार बनाउ जित तिम्रो हुनेछ

२)
मलाई गिराउन लागिराछौ घनघोर चिन्ता लाग्दैन
भएको तिम्रै सोचाइ त हो फोहोर चिन्ता लाग्दैन
म आफ्ना पखेटाहरुमा भरपुर विश्वास गर्दछु
भएनी टेकेको हाँगो कमजोर चिन्ता लाग्दैन

३)
यो सत्य हो जनताले नै छानेको हुनुपर्छ
केही गर्छ भन्ने विश्वास मानेको हुनुपर्छ
म भन्छु विज्ञता हुनुपर्छ देश बनाउने मान्छेमा
तपाईँ भन्नुहुन्छ सडकमा ढुङ्गा हानेको हुनुपर्छ

४)
ननिदाई देखेका हरेक सपना पूरा गर्ने आश छ
कोही भन्छन् बक्वास विचार कोहि भन्छन् खास छ
म नहिँड्दै तँ लड्छस् भन्नेहरु हो कान खोली सुन
म सँग हरेक पल्ट उठेर हिड्न सक्ने आत्मविश्वास छ।

५)
पछि घुमाउला नघुमाउला छोराले काँधमा बोकेर
सोच्दैनन् कहिल्यै बाआमाले काँधमा बोकेर
आफुले देखेको सबै देखाउछिन् आमाले काखमा राखी
आफुले नदेखेको देखाउछन् बाले काँधमा बोकेर
***

 

प्रतिक्रिया

सम्बन्धित खवर