
✍️ ह्यारी बोण्ड
गजल – एक
बदलाव भो हजुरमा नि यो सारा जगत जस्तै
छुरा रोपीदिनुस पिठ्युँमा गरेर मद्दत जस्तै
त्यो चोटको पिडा तब मात्र थाहा हुन्थ्यो
गर्न मिले परिक्षण आँशु पनि रगत जस्तै
उहाँले पधेरा बेच्नु भो आँगन अनि आमा पनि बेच्नु भो
र पनि त फेरि दिएकै छौँ विरासत जस्तै
न न्याय छ जनतालाइ न शान्तिको अनुभुति
अदालत किन हुन सक्दैन अदालत जस्तै
लोग्ने परदेशमा पसिना बेचि सम्पत्ति कमाउछ
स्वास्नी भाग्छे कुम्लो कसेर सत प्रतिशत जस्तै
गजल – दुई
छाती अगाडि बाटै दुश्मन प्रहार गर्छ
साथी पछाडिबाट लुकेर मार गर्छ
भाला रोपेर साथी आयो मलम लिएर
कसरी बुझौं र मैले हेला कि प्यार गर्छ
संसार जित्न सक्ने साहस लिएर हिड्छौँ
हो बाघ याद राख्नु झम्टी सिकार गर्छ
उ सबको प्यारो हुन्छ माया सबैले गर्छन्
जो राम्रो सोच राख्छ राम्रै विचार गर्छ
प्रतिक्रिया
-
४
-
१०