✍️ सुशील अर्याल

मुक्तक – एक

शीरको पिर सम्झियौ या त बोझिलो भारी सम्झियौ।
कि त मनलाई फलेक जस्तै टुक्रा पार्ने आरी सम्झियौ।
साथ दिइरहे आफू घोटिएर तिमिलाई सिङ्गारीरहे,
मिल्कायौ मलाई कामै नलाग्ने पोतारी सम्झियौ।

मुक्तक-दुई

चल्दै नचल्ने मेरो त हर भै सक्यो।
अब छिट्टै मर्छु भन्ने ठहर भै सक्यो।
धोके बाजले सुशील के भो भनी नसोध,
तिम्रै नाममा बग्ने खुन जहर भै सक्यो।

मुक्तक – तीन

असली माली बिनाको बाग जस्तै भयौ।
फक्रिएको फूल बिनाको पराग जस्तै भयौ।
माया लागेर’नी आफ्नो बनाउनै सकिएन,
मायालू त गुमाएको भूभाग जस्तै भयौ !

मुक्तक चार
समस्या सानो होस या ठुलो जँचाएर आउ
राम्ररी गर ओखती-मूलो जँचाएर आउ
दैनिक मसँग नमिठो बोलेर झर्कने मायालू
तिम्रो स्वरनली र तर्कुलो जँचाएर आउ

मुक्तक – पाँच

एउटा कोपिला फक्रिएर फूल हुँदापनि।
मान्छे बढ्दै बिस्तारै स्थूल हुँदा पनि।
मंसिर गयो अझै कति कुर्नु भन्छ्यौ मलाई(
म मायाुको प्यासी काकाकूल हुँदापनि।

 

प्रतिक्रिया

सम्बन्धित खवर