✍️ उषा शेरचन

 

गीत – एक

सुख दुःख दुबै नै हो जिन्दगीको पाटो
हाँसीहाँसी काट्नुपर्छ जिन्दगीको बाटो

भनेजस्तो नहुँदैमा निराश नहुनु तिमी
सोचेजस्तो नपुग्दैमा उदाश नहुनु तिमी
निरन्तर घुमिरहन्छ जिन्दगीको जाँतो
हाँसीहाँसी काट्नुपर्छ जिन्दगीको बाटो

आफ्नो मात्रै गाथा ठूलो नसोचनु तिमी
आफ्नो मात्रै व्यथा ठूलो नसम्झनु तिमी
रिङ्दै घुम्दै आइपु्ग्छ जिन्दगीको छातो
हाँसीहाँसी काट्नुपर्छ जिन्दगीको बाटो

गीत – दुई

केही अपुरो बात बाँकी नै छ
केही अधुरो रात बाँकी नै छ

तिमीलाई जानै नदिइ रोकेँ मैले
जानिन गल्ती गरेँकी सही गरेँ मैले
केही अधुरो खात बाँकी नै छ
केही अपुरो बात बाँकी नै छ

आज फेरि बहाना नयाँ पाएँ मैले
तिमीलाई सताउने कसम खाएँ मैले
केही अधुरो मात बाँकी नै छ
केही अपुरो बात बाँकी नै छ !

प्रतिक्रिया

सम्बन्धित खवर