✍️ तसलिमा नसरिन
अनुवादक: बलराम तिमल्सिना
यदि मैले
लगाउनै पर्छ भने गाजल तिम्रो लागि,
कपाल र अनुहारमा दल्नै पर्छ भने रङ्ग,
शरीरमा छर्कनै पर्छ भने पर्फ्युम
लगाउनै पर्छ भने
सबै भन्दा सुन्दर सारी ,
तिमीले मात्र देख्न भनेर
चुरा र सिक्री पहिरेर सजिनु पर्छ भने,
यदि,
झोल्लिएको पेटको तल्लो भाग,
यदि,
घाँटी या आँखाको किनाराका चाउरीहरू
छोप्नै पर्छ भने तरिका मिलाएर
तिमीभित्र,
मसँग प्रेम नभएर अरु नै केही छ ।
यदि प्रेम छ भने,
मेरो जुन अस्तब्यस्तता छ
या कुनै कमी छ
या कुनै गल्ति छ
कुनै कुरा लतरपतर नै छ भने पनि
जब म अगाडि उभिन्छु,
तब तिमीले प्रेम गर्ने छौ ।
कसले भन्यो
प्रेम असाध्यै सजिलो छ
चाहने बित्तिकै भैहाल्छ !
यति धेरै पुरुषहरू
देख्छु चारैतिर
तर खै प्रेमी त देख्दै देख्दिन त म !
*
प्रतिक्रिया
-
४
