✍️ फिराक गोर्खाली

मुक्तक – एक

तिमी दया, प्रेम र करुणाको खानी बनिदिनु,
सबैले अनुकरण गरुन् यस्तो बानी बनिदिनु,
गरीब जनता दुखी,पीडित र निमुखा छ्न् यहाँ
सबैको तृष्णा मेट्नु सक्ने तिमी पानी बनिदिनु।

मुक्तक – दुई

यो स्वार्थी दुनियामा मान्छेको रूप गन्न सकिँदैन।
राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बन्न सकिँदैन।
मन नमिले पनि सबैसँग हाथ मिलाएर हिँड्ने गर ,
कुन मान्छे कहिले काम लाग्ला त्यो भन्न सकिँदैन।

मुक्तक – तीन

मनमा जागेको थियो अनौठो रहर।
बनाउनु मन लाग्थ्यो बादलमा ठहर।
सम्झि ल्याउँदा, मन आनन्दित हुन्छ,
त्यो पहिलो प्रेम उम्रेको मिठो प्रहर।

मुक्तक – चार

भाषा, जाति र प्रान्तको नाममा लडाएर।
विवाद, दंगा र आन्दोलनहरूमा अडाएर।
राजनीतीको रोटी पोल्दै छन् सबै नेता जी
युवाहको भविष्यलाई बाटोमा डडाएर।

मुक्तक – पाँच

झरना खोला नाला सबैको पानी सफा हुन्थ्यो,
खाए पछि शीतल पानीले कस्तो मन छुन्थ्यो,
विकास पसेर सबै नदी नाला फोहोर पार्दै गयो
हराए घाट, किनार जहाँ प्रेमले कथा बुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर