आधुनिक प्रविधिका पिताका नामले चिनिने परिचित तथा अमेरिकी विजनेस टाइकुन तथा आविष्कारक स्टीभ जब्सको जन्म २४ फेब्रुअरी सन् १९५५मा भएको थियो । उनी कम्प्युटर, ल्यापटप, मोबाइल फोन बनाउने कम्पनी एप्पल इंकको सह संस्थापक तथा मुख्य कार्यकारी अधिकृत थिए । उनले एप्पल इंकमा राजीनामा दिएर पिक्सर एनिमेसन स्टुडियोमा मुख्य कार्यकारी अधिकृतका रूपमा पनि काम गरे ।

उनको रोडदेखि करोडसम्मको यात्रा निकै संघर्षपूर्ण छ । कलेज जीवनमा उनी साथीको कोठाको जमिनमा सुत्ने गर्थे । बोतल बेचेर आर्थिक सङ्कलन गर्थे । नजिकै रहेको कृष्ण मन्दिरमा साप्ताहिक निःशुल्क भोजनमा सहभागी हुन्थे ।

उनको कथा र विचार जो कसैलाई पनि प्रेरणादायी हुनसक्छ । अमेरिकाको ४३ औँ धनी बन्न पनि सफल भएका उनी बौद्ध दर्शनबाट निकै प्रभावित भएर सोही दर्शनको अनुयायी पनि बने । ५६ वर्षको अल्पआयुमै २०११ अक्टोवर ५ मा यो संसारबाट सदाका लागि बिदा भए ।

आउनुस् आजको विवेक क्याप्सुलमा उनका केही महत्वपूर्ण विचारहरूमा विचरण गरौँ ।

– आज हामी नयाँ छौँ तर केही समयको अन्तरालमा पुरानो हुनेछौँ । यही नै पूर्ण सत्य हो ।

– यो कुरा नबिर्सनू कि एकदिन मर्नुपर्छ । कुनै पनि कुरा गुमाउनुको भयदेखि मुक्त हुने यो नै सरल तरिका हो ।

– ज्ञान प्राप्तिका लागि सदैव भोको र मूर्ख बन्न जरूरी छ ।

– महान व्यक्ति र उत्तम उत्पादनको अन्त्य कहिले हुँदैन ।

– म सहमत छु जिद्दीपनाले एक सफल उद्यमी र असफल उद्यमीहरूलाई पृथक बनाउने प्रमुख कारण हो ।

– यो मेरा मन्त्रमध्ये एक हो – ध्यान केन्द्रित गर र सरल बन । सरलता जटिलताभन्दा दृढ हुनसक्छ ।

– सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो मन र अन्तरज्ञानको उपयोग गर्ने साहस गर । तिम्रो मनलाई यो थाहा छ कि तिमी के बन्न चाहन्छौ । बाँकी सबै गौण हुन् ।

– कुनै पनि कुरा महत्वपूर्ण हुनका लागि दुनियाँ बदलिनु आवश्यक छैन ।

– समाधिस्थलमा सबैभन्दा धनी मान्छे बन्नुमा मलाई मोह छैन । म प्रत्येक रात बिस्तारामा जानुअघि यो भन्न सकुँ कि आज केही आश्चर्यजनक काम गरें । यही मेरो लागि महत्त्वपूर्ण छ ।

– डिजाइन भन्नुको अर्थ यो होइन कि कस्तो देखिन्छ । यसको अर्थ यो हो कि यसले काम कसरी गर्छ ।

-जब मैले मृत्युलाई नजिकबाट अनुभव गरेँ मलाई लाग्यो मृत्यु पनि लाभदायक छ ।

-प्रचुरताभन्दा गुणात्मकता अधिक महत्त्वपूर्ण हुन्छ । दुई रन बनाउनुभन्दा एक छक्का बढी प्रभावकारी हुन्छ ।

-कुनै समस्या आइपर्यो भने पुरातनवादीहरू भन्छन् स यो के होरु तर साहासी ब्यक्तिहरू समस्यासँग जुध्छन र सोच्छन् ( समस्याको समाधान कसरी गर्न सकिन्छ

संकलक – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर