✍️ भूमिराज पौडेल
मनसुनले हरियाली उपहार लिएर आउदै थियो। वरिपरिका डाँडाहरू हरिया देखिन्थे। माथितिर फर्केर हेर्दा निलो आकाशमा सेता बादलहरू यता उता नाचिरहेका थिए। सोच्थे,बर्खा लागिसकेछ। ती बादललाई के को पिर ? पिर त आखिर मान्छेलाई पो हुदो रहेछ । बादललाई त के छ र ? बतासले जता लान्छ उतै गैदिन्छ। बादललाई बतासले नचाइरहेको छ अनि मान्छेलाई जिन्दगी ले ! हुन त सबै मानिसलाई जिन्दगी ले नचाएको पनि हुदैन मलार्इ जसरी…
एउटा नेपाली गीत छ नि, दिनेशअधिकारीको रचनामा तारादेबीले गाउनुभएको ‘सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन’ हुन पनि यो गीत हामी धेरै सँग ठ्याक्कै मेल खान्छ। मेरो आजको लेख पनि यही सेरोफेरोमा अर्थात मानिसको जीवनको सपना भोगाइ सोचाइ अनि देखाइ वरिपरि केन्द्रित छ ।
हरेक मानिसलाई आफ्नो जीवनको यात्रा सम्झदा अनौठो लाग्छ। प्रत्येक मानिसले जीवनको भोगाइ र बुझाइबाट दिन प्रतिदिन फरक फरक धारबाट जीवन जिउन थालेका हुन्छन्। असफलताले भरिएको जीवन र बेरोजगारीमा पिल्सिएको योवन बोकेर सोचे जस्तो जीवन खोज्न भौतारिरहेका हुन्छन् । प्रत्येक मानिसले बुझेको जीवन जीवन जटिल नहोला तर भोगाइ अस्वभाविक अनि अनौठो भने पक्कै छ।
जीवनमा अधिकांश मानिसको सपना आफूलाई सक्षम अनि सबल बनाउन सकु भन्ने हुन्छ, तर पनि किन हुँदैन हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुदैनन् ? किन एकै परिवारमा हुर्केर बढ्ने पढ्ने छोराछोरीहरू कोहि सफल हुन्छन् भने कोहि किन असफल ? अनि फेरि असफल हुँदा कसैले आफ्नो भाग्यलाई दोष दिन्छन् भने कसैले आफ्नो कर्मलार्इ ।
के यो भाग्य को खेल अथवा कर्मको दोष दुबै हो त ? कि नियतिले नै यस्तो बनाएको हो ? यो मेरो मनको मात्र कुरा हैन अधिकांश को मनमा खेलेको कुरा हो । जब मानिस सानो हुन्छ उ बेला उसलार्इ कुनै कुराको आभास हुदैन। उ समयको गति सँगै अगाडि बढिरहन्छ। जीवनको यात्रा त हो, कतै ठेस लाग्छ अनि कतै ठक्कर, त्यस्तै, कतै ओराली झर्नै ओर्ने त अनि कतै उकाली चढ्नैपर्ने।
यस्तै यस्तै समस्यालाई आत्मसाथ गर्दै एउटा अस्तब्यस्त गल्लीमा पातलो, झुस्स दारी पालेको लफ्रयाक लफ्रयाक गर्दै लम्कदै थियो। उसको अनुहारमा मलिनता र आँखामा मौनता सल्केको थियो । उसको आँखाको मौनतालाई हेरेर म सोच्थे कि हरेक आमाले आफ्नो सन्तानको भाग्य लेख्ने भए वा भविष्य कोर्न सक्ने भए यो संसार मा कुनै पनि कुरामा केही पनि कमि हुँदैनथ्यो होला अथवा भगवानले नै सबै कुरा दिन सक्ने भए सबैलार्इ बुद्धिमानी बलवान् र धनवान् बनाउथे होला ! हुन त हामी सबै भगवानको देन नै हो । भगवानले आफ्नो सिर्जनालाई कसैलार्इ काखा अनि कसैलाइ पाखा बनाउथे र ? यस्तै, यस्तै कुरा सोची रहेको थिए उm हिड्दा हिड्दै टक्क रोकियो।
अस्तब्यस्त गल्लीमा यता उता हेर्यो । छेउमा पसल थियो पसलमा पस्यो कपकप खाजा खायो अनि घटघट पानीले आफ्नो मुखलाई शितलता दियो। यो समय यस्तो चिज रहेछ जसलार्इ कसैले न रोक्न सक्छ न छेक्न पनि। आज उसलाई त्यही समयको छालले बगाउदै बगाउदै कहिले गाउँघरको पाखा पखेरामा पुर्याएको छ त कहिले सहरका अन्दाधुन्दा अस्तब्यस्त गल्लीहरूमा तैपनी उसले अपरिचित व्यक्ति, साथिभाइ, इस्टमित्रहरूबाट पाएका धारिला वचन अनि व्यवहारको सामना गर्दै जबरजस्ती आफ्नो अमूल्य समयलाई अगाडि बढाइरहेको छ। भोको पेटमा अन्न को भण्डार भएपछि केटो जोशिएर झन् अगाडि बढ्यो उm अब जोशिलो पारामा कोठातिर लम्कियो कोठामा पुगिसकेपछि माथि आकासतर्फ हेर्यो अनि भन्न थाल्यो आहा ! कति निलो आकाश। उसलाई हिमाल पनि हेर्न मन थियो। मनमनै सोच्यो गर्मी भए पनि जेठ असार सुन्दर महिना हो।
ओ दिवस सर, आज छिट्टै ! कोठा नजिकका दाजुले खुइलिएको तालु कनाउदै चासो देखाए। दिवस बाहिर सहमती जनाउदै खिस्स हास्यो । कोहि मान्छेको कपाल जस्तै जिब्रो किन झर्दैन ? कोठामा पुगेर पनि हास्यो । कोठाको देब्रे साइडमा फेरि थोत्रो गितार निच्च हासिरहेको छ। पूर्वतिरको देब्रे साइडमा ग्यास चुलो टेडो परेर बसिरहेको छ अनि प्लास्टिकको बाटामा थाल कचौरा उत्तानो परेर पौडिरहेको छ ।
कोठामा पुगेपछि झोला टेबलतिर मिल्काउदै आफ्नो शरीर पनि बिस्तारामा मिल्कायो लामो सास फेर्दै आँखा चिम्लियो ‘सोचेजस्तो हुन्न जीवन’,तर आफूले आफ्नो परिवेश र आफ्नो स्तर अनुसारको लक्ष्य आफैँ तोक्ने हो । आफ्नो बाटो पनि आफैँले पार गर्ने हो । अनि, हुन्छ आफ्नो हैसियत अनुसारको सोचे जस्तो जीवन !! उसले आँखा चिम्लदै सोच्छ यदि आफैँले आफैलार्इ खुशी र सुखी राख्न प्रतिबद्ध हुने हो भने आफ्नो जीवन आफैले सोचे जस्तो हुन्छ…
यत्तिकैमा उm जुरुक्क उठ्यो, बिर्को हराएको बोत्तलबाट कलकल पानी पियो, फेरि खाटमा आएर बस्न लागेको थियो । खाटको एउटा घर्रा फेरि खुल्ला देख्यो र पुरै खोल्यो। घर्रामा जीवनको बारेमा लेखिएका पुराना डायरीहरू अनि एउटा क्लियर ब्याग थियो। जसभित्र थिए उसलार्इ आजको उm बनाउन सहयोगी भुमिका निभाउने सटिपिकेट हर। यी सबै हेरिसकेपछि खिन्न अनुहारलाई भित्तामा चोसो झरेको ऐनामा प्रतिबन्ध गर्यो। यत्तिकैमा बाहिरबाट कसैले उसको ढोका ढकढक्यायो । सोचे जस्तो जीवन नहुँदा खिन्न भएको अनुहार देखाउन उसले ढोका ढक्ढकाएन फेरि पनि बाहिरबाट ढोका ढकढकाएपछि उसले ढोका खोली हेर्दा घरबेटी आमा थिइन्।
ल भाइ, पानी आउदै छ, केके भाडा छन् भर नत्र अर्को हप्ता हो फेरि… यति भन्दै घरबेटी आमा माथितिर उक्लिन्। उसले ढोका लगायो अनि आफैँले आफैँसँग मनमा अनेक कुरा खेलायो । मनमा अनेक कुरा नआउन पनि कसरी ? उm जे चाहान्थ्यो त्यो कुनै पनि कुरा कहिल्यै पनि पाएन तर, उसलार्इ जिउन जे जे चाहिन्छ ।
ती सबै कुरा पायो ‘सोचेजस्तो जीवन हुँदैन तर सकारात्मक सोच्ने,आफ्नो परिवेश र आफ्नो धरातलमा आफैँलार्इ राखेर जोख्ने,आफ्नो गुण पहिचान गरेर आफ्नो लक्ष्य मार्ग तोक्ने, जीवनलाई कुनै निर्दिष्ट लक्ष्यमा पुर्याउन कडा परिश्रम गर्ने हो भने सोचे जस्तो होला जीवन।
अर्थात आफ्नो लक्ष्य उद्देश्य पक्कै पनि पूरा गर्न सकिन्छ यस्को लागि आफूले अरुसँग तुलना गर्ने हैन आफूले आफैँसँग तुलना गर्ने हो, आफ्नो मार्ग आफैँ तोक्ने हो, अनि आफ्नो गन्तव्यमा आइपर्ने बाधाहरू आफै हटाउने हो, अरुले त सल्लाह दिने मात्र हुन, आफ्नो बाटो र गन्तव्य त आफैँ तय गर्ने हो ।
यतिका सोच निकालेपछि हप्तादिनभरि पानीको मुख देख्न नपाएका प्यासी भाडाहरू भेला पार्यो। चुरोट सल्कायो अनुहार खिन्न बनाउदै चुरोट सक्यो झ्याल खोली धुवा झ्यालबाट बाहिर फाल्यो।
बाहिर अन्धकार भैसकेको थियो,माथितिर चिहाएर आकास हेर्यो।ती बादललाई के को पिर ? झररररररर झरिदिन्छन् जसरी उसको आँखाबाट आँसु झरेका हुन्छन् अनि रित्तिदिन्छन पनि तेसैगरी !!! बिस्तारै हल्का हल्का पानी पर्न सुरु भयो । आधा पनि नखाएको चुरोट झ्यालबाट बाहिर फाल्यो, बिस्तारै पानीका थोपाले फालेको चुरोट त्यही निभ्यो अनि हत्तपत्त निभेको चुरोटलाई फोहोरको डंगुर मा फाल्यो। फेरि खाटमा आएर बस्यो अनि ‘जीवन बनाउने सोचमा सम्झाएका सोचलाई पुरानो जीवनको बारेमा लेखिएका डायरीहरूमा एक वाक्यमा लेख्यो सोचेजस्तो हुन्न जीवन…!’
प्रतिक्रिया
-
४
