मस्को – काजकिस्तानमा बिहीबार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो ।

अहिले निर्धारण गरिएको पेट्रोलियम पदार्थको मूल्य कम्तीमा छ महिना बृद्धि नहुने पनि अधिकारीले जानकारी दिएका छन् । यही बर्षको पहिलो दिनदेखि लागु हुनेगरी मुल्य बृद्धि भएपछि त्यसको विरुद्धमा देशभरी कडा आन्दोलन भएको थियो ।

आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर संकटकाल समेत घोषणा गरे भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।

कुल एक करोड ९० लाखभन्दा बढी जनसङ्ख्या भएको मध्य एसियाली मुलुक काजकिस्तानमा छोटो अवधिमा ठूलो आन्दोलन भएको छ ।आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दावी पनि गरेका छन् ।

कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारी मारिएको प्रहरीले बिहीबार जनाएको छ ।

आन्दोलनकारीले रातको समयमा सरकारी प्रशासनिक भवन, अल्माटी शहरको प्रहरी विभाग, स्थानीय प्रहरी चौकीलगायतमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीलाई मारिएको प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् ।

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले बुधबार मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका थिए ।

उहाँले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गर्नुभएको छ ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर