श्रीलङ्का सरकारले आगामी कृषि याममा धान खेती गर्ने किसानका लागि प्राङ्गारिक मल अनुदानका लागि १६ अर्ब श्रीलङ्काली रुपैयाँ (चार करोड ३५ लाख ९० हजार अमेरिकी डलर) विनियोजन गरेको छ ।
कृषिमन्त्री महिन्दा अमरवीराले शनिबार दिएको जानकारी अनुसार कृषकलाई खेती गर्न हौसला प्रदान गर्न सरकारले उक्त रकम बराबरको अनुदान बिनियोजन गरेको हो ।
किसानलाई उच्च गुणस्तरको प्राङ्गारिक मल उपलब्ध गराउन सरकारले कदम चाल्ने उनको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
दक्षिण एशियाली मुलुकमा अझै पनि नरहेको प्राङ्गारिक मलको गुणस्तरीय मापदण्ड बनाउन पनि मन्त्री पुनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
श्रीलङ्काको कृषि विभागले सन् २०२२÷२३ को मौसममा धान खेतीका लागि किसानले प्रयोग गर्ने जैविक मलको ३० प्रतिशत हिस्सा सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया
-
४
