अमृता प्रीतम (१९१९–२००५) भारतको अधिक लोकप्रिय लेखक थिइन् । पंजाव (भारत)को गुजराँवाला जिल्लामा जन्मिएकी प्रीतम पंजावी भाषाको पहिलो महिला कविको रूपमा लिइन्छ । उनले करिब एक सयवटा पुस्तक लेखेकी छिन् । उनको पुस्तक सयौं भाषामा अनुवाद भएका छन् । उनले पद्मविभूषण र साहुत्य एकाडेमी पुरस्कार प्राप्त गरेकी छिन् । आज उनका कविताका अनमोल अंशलाई भावनुवाद गरेर प्रस्तुत गरेका छौँ ।

जहाँ
स्वतन्त्र आत्मा झल्किन्छ
सम्झनु त्यहीँ मेरो घर हो

झुटको बाटो धेरै चिप्लो हुन्छ
थाहा हुन्न,
कतिबेला भावनाको पैताला
चिप्लिन्छ ।

मनको एउटा कुनामा बसेकी छु
तिम्रो याद यसरी आउँछ
जसरी चिसो दाउरामा
गहिरो र कालो धुवाँ उठछ !

मेरा रात जागिरहेछन्
तिम्रा याद निदाइसके

कुनै चाहना वर्षातको बुँद जस्तै हुन्छ्न्
जसलाई पाउने इच्छामा
हत्केला त
भिजिदिन्छन्
तर हात खाली नै रहन्छ ।

कहिलेकाही मृत्युले किताब लेख्यो भने
जिन्दगी समक्ष भूमिका लेखाउन पुग्छ।

देह कहिल्यै दुलही बन्दैन
आत्मा कहिल्यै विधुवा हुन्न ।

मैले मौनतलाई शब्द दिए
तिमीले शब्दलाई नै मौन बनाइदियौ ।

तिमीलाई भेट्नु
यस्तो हुन्छ
जस्तै कसैले हत्केलामा एकछाक खाना राखिदिन्छ ।

मेरो विचारमा
अधुरो ईश्वरको नाम
मान्छे हो

पूर्ण मान्छेको नाम ईश्वर हो ।

जिन्दगीले तिमीसँग
त्यहीँ गुणको परीक्षा लिन्छ
जो तिमीभित्र अवस्थित हुन्छ ।

म भित्र प्रेम थियो ।

कसैले घरबाट निक्लने बित्तिकै
गन्तव्य प्राप्त गरे
कोहि म जस्तै
जिन्दगीभर यात्रा गरिरहे ।

 

खुशी सुन्दर तनहरूको लागि बनेको हो भने
दुख सुन्दर आत्माको लागो ।

रातको त के छ र
वर्षिएर सकिन्छ विहानसम्म
अनि दिनभर भिजेको सपनालाई
सुकाइरहन पर्छ ।

कानुनले अञ्जान महिला पुरुषलाई
सम्बन्ध बनाउने अवसर दिन्छ
सम्बन्ध बनाउँदैन

सम्बन्ध बन्यो वा बनेन
यसको न कानुनले चिन्ता लिन्छ
न त जिम्मेवारी लिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर