सन्त कबीर १५औं शताब्दीको भारतीय रहस्यवादी कवि र सन्त थिएँ । हिन्दी साहित्यको भक्तिकालीन युगको महान प्रवर्तक मानिन्छ्न् । उनको सिर्जनाले भक्ति आन्दोलनलाई गहिरो स्तरमा प्रभाव पारेको पाइन्छ ।
उनी कुनै एक धर्म र सम्प्रदायभन्दा माथि उठेर एउटा सर्वोच्च ईश्वरमा विश्वास राख्थे । उनले समाजमा फैलिएको कुरीति, कर्मकाण्ड,अन्धविश्वासको आलोचना गरे । उनको जीवनकालमा हिन्दु र मुस्लिम दुबैले उनको अनुशरण गरे । कवीर पन्थ नामक धार्मिक सम्प्रादय उनको अनुयायी बनेको छ । उनको सिर्जना दोहामा भनिएका केही अनमोल विचारलाई आजको विवेक क्याप्सुलमा सप्रस्तुत गरेका प्रस्तुत गरेका छौँ :
– जे भोलि गर्नेवाला छौ, आजै गर, जे आज गर्नु छ अहिल्यै गर । जीवन छोटो छ, के थाहा यहि पल जीवन सकियो भने के गर्छौ ?
– सधैं धैर्यता कायम राख्ने गर । मालिले एकदिनमा सयौं बिरुवा सारे पनि, फल भने ऋतुको सहि समय आएपछि मात्र दिन्छ ।
– आलोचकलाई सधै आफ्नो साथी बनाउनू किनभने यस्ता व्यक्तिले बिना पानी र साबून हाम्रो व्यवहारलाई सफा गरिदिन्छन् ।
– माग्नु मरेतूल्य कार्य हो । त्यसैले कसैसँग केही नमाग्नु ।
– परमात्मा मलाई यति मात्र दिनु कि जसले गुजारा गर्न सकुँ । आफू पनि भोकै बस्न नपरोस् र अतिथिलाई पनि भोकै राख्न नपरोस् ।
– यदि हाम्रो मन शीतल भयो भने कोहि पनि दुश्मन बाँकी रहन्नन् । यदि अहंकारको त्याग गर्यौ भने तिमीलाई जो कोहि करुणाको उपहार दिन तयार हुन्छन् ।
– जस्तो भोजन गर्छौ त्यस्तै मन हुन्छ, जस्तो पानी पिउँछौ त्यस्तै वाणी हुन्छ ।
– विराट हुनुले केही फरक पार्दैन । उदाहरणको लागि खजूरको वृक्ष जति ठूलो भएपनि न यात्रीलाई शीतल छाहारी दिन सक्छ, न त फल सजिलै टिपेर भोल मेटाउन सकिन्छ ।
– अधिक कम बोल्नु वा धेरै बोल्नु दुबै खराब बानी हो । जसरी अधिक वर्षा वा घाम दुबै हानिकारक हुन्छ्न् । अतः हामीमा संयमता जरूरी छ ।
– यस्तो वाणीको प्रयोग गर जसले सबैको मन भाव विभोर होस् । तिम्रो मधुर वाणी सुनेर आफ्नै मन पनि शीतल होस् र श्रवण गर्ने पनि प्रसन्न हुन् ।
– सबैको भलो सोच । न कसैसँग धेरै दुश्मनी राख न त मित्रता नै ।
– ठेलीकाठेली पुस्तक पढेर कतिले मृत्युवरण गरिसके तर सबै विद्धान हुन सकेनन् । यदि कसैले प्रेमको ढाई अक्षरमात्र पढेर त्यसको बोध गर्न सके भने मात्र पनि वास्तविक ज्ञानी त्यहीँ हो ।
– जब यो संसारमा मैले खराब कुराको खोज्न निक्लिए, कहिँकतै खराबकुरा भेटिएन बरू जब मैले आफैलाई निहालेर हेरेँ, त्यो भन्दा खराब कुरा अरू केही थिएन ।
– मानव जीवन प्राप्त गर्नु कठिन छ । यो शरीर बारम्बार प्राप्त हुँदैन । फल वृक्षबाट अलग भएपछि पुनः त्यहीँ डालीमा लगेर जोड्न सकिदैन ।
– जसरी झिंगा गुड खाने लोभले गुडमा आक्रमण गर्छ तर त्यहीँ लोभले गुडमा टासिएर उड्न सक्दैन र मृत्युु हुन्छ । त्यसरी नै लोभले मनुष्यलाई यसरी नष्ट गरिदिन्छ कि सोचभन्दा नि बाहिरको कुरा हो ।
– यो संसारमा जसको मनमा लोभ हुँदैन, मोहमायाले स्पर्श गर्दैन, केही गुमाउने डर हुँदैन, मन भोग विलासबाट टाढा छ, सहि अर्थमा त्यहीँ मानिस नै संसारको सम्राट् हो ।
– कबीरदास जी कहते हैं कि हिन्दू राम के भक्त है और मुस्लिम रहमान के। इसी बात पर दोनों लड़कर मर गए और ये भी न जान सके कि सच क्या है।
– हिन्दु रामको भक्त छन्, मुसलमान रहिमको । यहि मुद्धामा दुबै द्वन्द गरेर मरे तर पनि सत्य के हो जान्न सकेनन् ।
– गलत नबोल गलत नसुन, गलत नसोच गलत नगर, न त कुनै गलत स्वीकार गर न त गलत नै हुन देऊ ।
– दु:खको समयमा सबैले भगवानलाई याद गर्छन् तर सुखमा कसैले स्मरण गर्दैनन् । यदि सुखमा पनि भगवानलाई याद गर्ने हो भने कसैलाई दुखै पर्दैन ।
– गेरुवा वस्त्र धारण गर्न सजिलो छ तर मनलाई योगी बनाउन सक्नु केही पवित्र आत्माको मात्र बसको कुरा हो । यदि मन योगी भयो भने सम्पूर्ण सिद्धी प्राप्त हुन्छ ।
– पानीको स्नेहलाई हरियो वृक्षले मात्र मनन गर्न सक्छ ।सुकेको काठलाई के थाहा कहिले वर्षा भयो रु अर्थात सहृदयले मात्र प्रेम भावलाई अनुकरण गर्न सक्छ । निर्मम मनले करुणा भावलाई के बुझोस् ।
प्रतिक्रिया
-
४
