ज्याक मा बहुराष्ट्रिय प्रौद्योगिकी समूह अलिबाबा ग्रुपका मालिक हुन् । उनी चीनको सबैभन्दा धनी र एसियाको दोस्रो धनी व्यक्ति हुन् ।
उनी सेवानिवृत्त सह–संस्थापक र पूर्व कार्याकारी अध्यक्ष हुन् । चीनी व्यापार थैलीशाह, निवेशक, राजनीतिज्ञ, र परोपकारी हुन् । चीनमा कीफसी कम्पनीको कामदारको लागि गरिएको अन्तर्वार्तामा २४ जनामध्य २३ जना छानिएर उनी एक मात्र फालिएका थिए । उनको सपना देख्ने बानी र मेहनतले कसरी यो सफलता प्राप्त गरे भन्ने कुरा उनको विचारले प्रष्ट बनाउँछ । आजको विवेक क्याप्सुलमा उनको प्रेरक विचारको विचरण गरौं ।
– जहिले पनि विपक्षी समूहबाट केही सिक्न जरूरी हुन्छ तर नक्कल कहिले गर्न हुन्न । यदि नक्कल गर्यौ भने यो सम्झ कि तिमी हार्यौ ।
– जिन्दगी छोटो र धेरै सुन्दर छ । यसलाई काम काम काम मात्र भनेर बर्बाद नगर ।
– मान्छेसँग कहिल्यै पनि पैसाको कमी हुन्न, कमी मात्र सपनाको हुन्छ ।
-आफुसँग सहि व्यक्ति लिएर हिँड असल होइन ।
-यदि हामीसँग पैसा भयो भने हामीहरूले गल्ती गर्न सुरू गर्छौँ ।
-यदि तिमीले कहिले कुनै कोसिस नै गर्दैनौ भने कसरी थाहा हुन्छ अवसरको बारेमा ?
-आजको वर्तमान समयमा पैसा कमाउन धेरै सजिलो छ तर जिम्मेवारी र संसारलाई सुधार्दै पैसा कमाउन गाह्रो छ ।
-तिमीसँग एक मिलियन डलर छ भने भाग्यमानी हौ तर १० मिलियन डलर छ भने पक्कै पनि संकटमा पर्छौ ।
-म सबैको प्रिय होइन सम्मानित हुन चाहन्छु ।
-म सधै आफूलाई खुसी राख्न चाहन्छु । यदि म खुसी भइन भने न मसँग काम गर्नेहरू खुसी हुन्छन् न त ग्राहकलाई नै खुसी बनाउन सक्छु ।
-बुद्धिमानी व्यक्तिलाई नेतृत्व गर्न एउटा मूर्खको आवश्यक पर्छ । यदि समूहमा सबै वैज्ञानिक छन् भने त्यसको नेतृत्व गर्न किसानलाई दिन जरूरी छ । किनभने किसानको सोच्ने तरिका फरक हुनेछ । यदि फरक सोछ आयो भने जित्न सजिले हुनेछ ।
-जहाँ समस्या हुन्छ त्यहाँ अवसर पनि हुन्छ ।
प्रतिक्रिया
-
४
