हामीलाई जीवनमा सकारात्मक उर्जाको आवश्यकता पर्दछ । विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका यस्ता कुराहरूले हामीलाई सकारात्मक उर्जा प्रदान गर्दछ । त्यसैले हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन् । यहाँ हामीले त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरेका छौँ ।

यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।

अज्ञात

त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन ।

कन्फ्युसियस

यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु ।

विदुर नीति

तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दुःखमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।

अज्ञात

क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

श्रीमद्भागवत गीता

स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

गौतमबुद्ध

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।

अज्ञात

६ प्रकारका व्यक्ति सधै दुस्खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।

विदुर नीति

एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर ।

चाणक्य

कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।

अज्ञात

आधा दुस्ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।
स्टिभ जब्स

यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।

विदुर नीति

ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।

चाणक्य नीति

यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ।

जवाहरलाल नेहरु

जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।

नेपोलियन

प्रतिक्रिया

सम्बन्धित खवर