जमैकाको प्रशिद्ध गायक तथा संगीतकार बब मार्लीको जन्म ६ फेब्रुअरी सन् १९४५ मा भएको थियो । नेपालमा पनि उनको लोकप्रियताको मापन गह्रौ छ । प्रशिद्ध ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङले त उनकै गेट अप र रेगी संगीत समेत अनुशरण गरेका थिएँ । बबले आफ्नो करिअरको सुरुआतमा ‘द वेलर्स ब्यान्ड’को साथमा मिलेर लामो समयसम्म संघर्ष गरे । सन् १९७७ मा उनको पहिलो एल्बम ञएक्सोडसझ रिलिज भएपछि सफलतालाई मज्जैले चुमे । ७५ लाख प्रति विक्री भएको उक्त एल्बमले धमाका गर्‍यो ।

उनी हातको रेखा हेर्न पनि खप्पिस थिए । सुरुसुरुमा यो कुराको विश्वास कसैले गर्दैनथे । तर, जब उनले हातको रेखा हेरेर गरेको भविष्यवाणी मिल्न थाल्यो, सबैले विश्वास गर्न थाले । पछि उनले हस्तरेखा हेर्ने काम छोडेर गायक बने ।

बब मार्लीले दुनियाँको समस्यालाई आफ्नो गीतको माध्यमबाट प्रस्तुत गर्थे । उनको गीत सुनेर श्रोताहरू आफैलाई उनको रहन(सहन र स्टाइलसँग ढाल्थे । शुभचिन्तकहरूले उनलाई जादुगर ठान्थे ।

बब मार्ली र उनको सांगीतिक समूह ‘वैलर्स’ले रेगी संगीतलाई संसारभर प्रचलित बनायो । पहिले रेगी संगीत जमैकामा मात्र सुनिन्थ्यो । बब मार्लीलाई किंग्सटनमा व्वाइट बोयको नामले चिनिन्थ्यो । बब एकदम दयालु स्वभावका मान्छे थिए । उनले गरिबीको स्वाद चाखेका थिए त्यसैले आफ्ना साथीहरू र गरिबलाई जमैकामा घर किनेर उपहार दिन्थे ।

मार्ली धार्मिक व्यक्ति थिए । सन् १९७७ मा फुटबल खेल्दा उनलाई चोट लाग्यो । डाक्टरले उनलाई खुट्टा काट्ने सुझाव दिएका थिए तर धार्मिक मान्यताले गर्दा उनले यो अस्वीकार गरे । ट्युमर धेरै फैलिएर ११ मे सन् १९८१ मा उनको मृत्यु भयो । बब मार्लीलाई उनको घरको बगैंचामा गाडियो ।

मार्लीको सर्वश्रेष्ठ चर्चित गीतहरूम आई शट द शेरिफ, नो वुमन नो क्राई, कुड यू बी लब्ड, स्टर इट अप, जैमिंग, रिडेम्पशन संग, वन लव र द वेलर्स ब्यान्डको साथमा थ्री लिटिल बर्डस त्यस्तै गरि उनको मृत्युपश्चात बफेलो सोल्जर र आयरन लायन । उनको मृत्युको तीन वर्ष पछि रिलिज गरिएको एल्बम ‘लिजेन्ड’ रेगी संगीतमा सबैभन्दा बढी बिक्ने एल्बम हो । संसारभर दुई करोड प्रती बिकेर रेकर्ड बनाएको छ ।

आजको विवेक क्याप्सुलमा उनै महान गायक तथा संगीतकार बब मार्लीका केही अनमोल विचार प्रस्तुत गरेका छौँ:

मनुष्य आफैंमा एउटा ब्रह्माण्ड हो ।

केही मान्छेले मात्र वर्षातलाई अनुभव गर्न सक्छ्न् बाकीँ त भिज्ने मात्र हुन् ।

कैदी बनेर जिन्दगी बिताउनु भन्दा स्वतन्त्रताको लागि लडेर मर ।

जब एउटा ढोका बन्द हुन्छ, हामीले बिर्सेका हुन्छौँ अनेक ढोका खुल्लै छन् ।

उनीहरूलाई विश्वास नगर्नु जसको कुरा समय अनुसार परिवर्तन हुँदै जान्छ, बरु उनीहरूको विश्वास गर्नु जसको कुरा हरेक परिस्थितिमा एउटै हुन्छ ।

जब जरा बलियो हुन्छ फल पनि मीठो हुन्छ ।

संगीतको राम्रो पक्ष भनेको यो हो कि यसले तिमीलाई हिर्काउँदा पनि पीडा हुँदैन ।

आफ्नो आँखा खोल, आफूलाई हेर, आफैंलाई सोध, के म सन्तुष्ट छु ?

प्रतिक्रिया

सम्बन्धित खवर