एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदै छन् । पाँच खेलाडीमध्ये जुडोकी सोनिया भट्टले वाइल्ड कार्डबाट नेपालको प्रतिनिधित्व गर्न लागेकी छन् ।

उनी अहिले सोही ओलम्पिकका लागि तयारी गरिरहेकी छिन् । प्रशिक्षक सूर्य नारायण श्रेष्ठले भट्टको तयारीलाई तिब्रता दिइरहेका छन् ।

कुनै पनि खेलाडीको ओलम्पिक सहभागिता ठूलो लक्ष्य हुने गर्छ । विकसित देशका खेलाडीले विभिन्न चरण पार गर्दै ओलम्पिक सहभागितालाई सार्थक बनाउँदा केही विकाशशील राष्ट्रहरूलाई भने अवसर दिइने गरिन्छ । त्यो मध्येको वाइल्ड कार्ड खुड्किलो हुने गर्दछ ।

जुलाई २३ बाट हुने ओलम्पिक सहभागिता जनाउने मध्येकी सोनिया भट्टले सोही वाइल्ड कार्डबाट अवसर प्राप्त गरेकी हुन् । पाँच खेलाडी मध्येकी सोनियाले वाइल्ड कार्डबाट सहभागिता जनाउने अवसर मिलेको हो ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट सम्मको यात्रा तय गर्दै इतिहास बनाएकी छिन् ।

जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएसँगै राम्रो नतिजाका लागि खेल्ने सोनियाले बताइन् ।

सहभागिता उपलब्धिमूलक बनाउने अठोट राखेकी सोनियाले देशको नाम राख्ने लक्ष्य भएको भन्दो दिन रात मिहिनेत गरिरहेकी छिन् । उनलाई प्रशिक्षक सूर्यनारायण श्रेष्ठले दिनमा तीन समयको अभ्यास गराइरहेका छन् ।

सोनियाले सन २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा ४८ केजी मुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास रचेकी थिइन् । प्रशिक्षक सूर्य नारायण श्रेष्ठले तयारी राम्रो भएको र ४८ केजीमा नेपालको प्रतिनिधित्व गर्ने बताए ।

भट्टको ओलम्पिकमा पदक जित्ने भन्दा पनि राम्रो खेल्ने लक्ष्य छ । २४ तारिखमा नेपालकी सोनियाले नेपालको प्रतिनिधित्व गर्दै छिन् । सोनिया सहभागितालाई १५ तारिख नेपालबाट जापान प्रस्थान गर्ने छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर