सउल / दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पुर्याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ ।

जसअनुसार यहाँ अवैधानिक रूपमा बसोबास गर्ने विदेशीहरूलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाहरूले स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनीहरूले तिर्नुपर्ने जरिवाना मिनाहासहित प्रवेशआज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने भएको छ ।

आगामी अक्टोबर १२ तारिख देखि आउदो डिसेम्बर ३१ तारिख सम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोज समेत पुरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो ।

जुन कुराको जानकारी कोरियाको न्याय मन्त्रालयलले यहाँ रहेका अन्य मुलुकको राजदुतावास सहित नेपाली राजदुतावासलाई समेत जानकारी गराएको छ । जानकारी पाएसँगै नेपाली राजदुतावास सउलले यहाँ रहेका नेपालीहरू माझ यो कुरा सूचनाको रुपमा सूचित गरेको छ ।

कोरिया सरकारले गैह्रकानुनी रुपमा बसोबास गरिरहेका विदेशीहरूलाई पनि कोरोना परिक्षण गर्न र खोपका सबै मात्रा निःशुल्क रुपमा प्रदान गरेको छ ।

तर यहाँ रहेका कतिपय गैह्र कानुनी विदेशीहरूले आफूूलाई इमिग्रेसनले समाउला कि भन्ने डरले कोरोनाको खोप लगाएका छैनन् । जसकारण पनि कोरोना नियन्त्रण गर्न कठिन भईरहेको कोरिया सरकारको ठम्याई छ । त्यसकारण पनि उनीहरुलाई खोप लगाउन प्रोत्साहन स्वरुप दक्षिण कोरिया सरकारले यो योजना लागु गरेको हो ।

दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिकहरूले हाल घर फर्कदा बसाई अवधीको आधारमा अधिकतम २५,१४० अमेरिकी डलर अर्थात ३ करोड वोन सम्म जरिवाना तिर्नुपर्ने साथै साथै १ देखि १० बर्षसम्म पुनस् कोरिया प्रवेश निषेध गर्न सक्ने प्रावधान छ ।

मन्त्रालयका अनुसार कोरोना खोप पूरा गरेको प्रमाण पेश गरी उल्लेखित नियममा सहभागी हुन सक्ने बताईएको छ ।

यो बर्षको अन्त्य सम्ममा पनि कोरोनम खोप नलगाउने अवैधानिक विदेशीहरु, अपराधिक क्रियाकलापमा संलग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिकहरूलाई भने यो योजनामा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर