
काठमाडौँ । इजरायलको मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले युद्धविरामसँगै बन्धकलाई रिहाइ गर्ने प्रक्रियासम्बन्धी प्रस्तावपारित गरेको छ । जसअन्तर्गत पहिलो चरणमा कम्तीमा ५० जनालाई हमासले छाड्ने उल्लेख छ । जसमा बालबालिका र महिलालाईपहिलो प्राथमिकतामा राखिएको छ ।
कतार, इजिप्ट र अमेरिकाको पहलमा इजरायल र हमासबीच कम्तीमा चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई छोड्नेप्रक्रिया अघि बढेसँगै कञ्चनपुर भीमदत्त नगरपालिका–३ का महानन्द र पद्माका छोरा विपिन जोशी पनि छिट्टै सकुशल रिहाइ हुने आशागरिएको छ।
हमासको नियन्त्रणबाट मुक्त हुने एक सय जना इजरायली बन्धकहरूको सूचीमा विपिन समावेश भए/नभएको भने सार्वजनिक गरिएकोछैन । हमासद्वारा बनाइएका बन्धकलाई कम्तीमा १० जनाका दरले चार चरणमा गरी इजरायली सेनालाई बुझाइनेछ । बदलामाइजरायलले पनि १ सय ५० जना प्यालेस्टिनी कैदीलाई रिहाइ गर्नेछ । पहिलो चरणको रिहाइ प्रक्रिया पूरा गर्न कम्तीमा चार दिनकोयुद्धविराम हुने इजरायल प्रधानमन्त्री कार्यालयका प्रवक्ता एलोन लेभीले बताए ।
विपिनको रिहाइका लागि नेपालले कतारको साथ खोजिरहेको छ । तेल अभिभस्थित नेपाली दूतावासले भने विपिन दोस्रो चरणमा रिहाइहुन सक्ने जनाएको छ । त्यसैगरी दोस्रो चरणमा ५० जना इजरायली बन्धकलाई छाडेमा त्यसको बदलामा थप १ सय ५० जनाप्यालेस्टिनी कैदी रिहाइ गरिने प्रवक्ता लेभीले बताएका छन् । यसका लागि युद्धविराम पनि लम्बिँदै जाने उनले बुधबार आयोजित पत्रकारसम्मेलनमा बताए । हमासले बिहीबार बिहान १० बजेबाट युद्धविराम गर्ने घोषणा गरिसकेको छ भने इजरायलले बुधबार रातिसम्मयुद्धविरामको समय सार्वजनिक गरेको छैन ।
इजरायलको गुप्तचर निकाय ‘मोसाद’का प्रमुख डेभिड बर्निया कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अलथानीसँगबन्धक सम्झौताको अन्तिम विवरणबारे छलफल गर्न बुधबार दोहा पुगेका छन् । बर्निया र अलथानीबीच बिहीबार बिहान १० बजे भेट्नेतय भएको छ ।
कतारको विदेश मन्त्रालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक रइजरायलले पनि आफ्नो जेलमा रहेका प्यालेस्टिनी महिला र बालबालिका छाड्ने सहमति भएको जनाएको छ । त्यस्तै अमेरिकीटेलिभिजन सीएनएनले पहिलो चरणमा हमासले छाड्ने भनिएका ५० जनाभित्र ३ अमेरिकी नागरिक हुने जनाएको छ । कात्तिक ३ र ७ माहमासले चार बन्धकलाई रिहा गरेको थियो । त्यस्तै इजरायली सेनाले गाजामा कात्तिक १२ मा गरेको स्थलगत कारबाहीका क्रममाआफ्ना सैनिक ओरी मेगिदिशलाई हमासको नियन्त्रणबाट मुक्त गरेको थियो ।
हमासले असोज २० मा इजरायलको दक्षिण क्षेत्रमा हवाई र स्थल आक्रमण गरेको थियो । हमास लडाकुले किबुज अलुमिम क्षेत्रमाआक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने चार जना घाइते भएका थिए । विपिनलाई भने सोही स्थानबाट हमासलेबन्धक बनाई लगेको थियो । त्यसबाहेक हमासले ४० बालबालिका, १३ आमा र ३४ विदेशीसहित २ सय ४० जनालाई बन्धक बनाएरगाजा क्षेत्रमा राखेको इजरायलको दाबी छ । विपिनलाई भने हमासले नियन्त्रणमा लिई अलसिफा अस्पतालमा लगेको देखिएकोदाबीको सीसीटीभी फुटेज इजरायलले आइतबार सार्वजनिक गरेको थियो ।
किबुज अलुमिमबाट बन्धक बनाउनुअघि विपिनले लगाएको भेस्ट, कट्टु र चप्पल भिडियोमा देखिएको युवकसँग मेल खाएको दाबीगरिएको छ । इजरायली सेना आईडीएफद्वारा सार्वजनिक गरिएको उक्त सीसीटीभी फुटेजमा असोज २० को बिहान १०:५३ बजे तीनजना हतियारधारीले एक जना युवकलाई घिच्याउँदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । ती व्यक्तिलाई आईडीएफले नेपाली बन्धकविपिन भएको दाबी गरेको छ । ती बन्धकलाई खाली खुट्टा रकट्टुमा कपडाले टाउको छोपेर अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ ।
हमासको आक्रमणमा करिब १२ सय जनाको मृत्यु भएको इजरायलले जनाएको छ भने इजरायली आक्रमणमा १२ हजारभन्दा बढीप्यालेस्टिनीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।
प्रतिक्रिया
-
४