काठमाण्डौ – ईपिएस प्रकृया मार्फत रोजगारीको सिलसिलामा ५ वर्ष अघि कोरिया आईपुगेका एक नेपाली युवा सुतेकै अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु तामाखानी निवासी रामप्रकाश रेग्मीमगरको गत मंगलबार मृत्यु भएको हो ।

दक्षिण कोरया ह्वासाङ सि स्थित गाडीको पार्ट बनाउने एक कम्पनीमा काम गरिरहेका रेग्मी आइतबार नाइट सिफ्टमा थिए । उनको सोमबार बिदा भएका कारण उनी बाहिर गएर आएको उनीसँगै काम गर्ने सहकर्मीले बताए ।

मंगलबार नाइटमा जानु पर्ने उनी काममा नआएपछि कोठामा हेर्न जाँदा उनी मृत फेला परेका थिए । तत्काल उनलाई कम्पनी मालिकले अस्पताल लगेपनि उनको निधन भै सकेका उनको थियो । उनको शव हाल अस्पतालमा राखिएको छ ।

कोरिया स्थित नेपाली राजदुतावासले आवश्यक जानकारी लिएर सत्य तथ्य बुझ्ने बताएको छ । उनी नेपाल फर्कन ९ महिना मात्र बाँकी रहेको कुरा उनका सहकर्मीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर