सउल- दक्षिण कोरियामा एनआरएनए दक्षिण कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको हृदयघातका कारण मृत्यु भएको छ । चुङनाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भै ढलेका थिए ।

बेहोश भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशन बाट चुंङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनि प्रवासी नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत हुन् ।

उनको निधनलाई एनआरएन कोरियाले आधिकारिक रुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्य समेत जारी गरेको छ । उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नया पदाधिकारीको पद तथा गोपनियताको सपथ समेत अर्को सूचना जारी नगरुनञ्जेललाई भन्दै स्थगन गरिएको छ ।

भुजेल ई सेभेन भिषा अन्तर्गत बिगत १२  बर्ष देखि कोरियामा बस्दै आएका थिए । उनको श्रीमती र छोराछोरी हाल नेपालमा छन् । हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर