सर्वोच्च अदालतको परमादेशपछि सत्तारुढ नेकपा एमालेका माधव नेपाल खेमासमेतको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका देउवाले १६५ मतसहित संसदको विश्वास जितेका छन् । देउवाको विपक्षमा ८३ मत परेको छ ।

देउवालाई जसपा र एमालेकै माधव नेपाल खेमाका केही सांसदले साथ दिएपछि अलपमतमा रहेका देउवा अन्य दलको सहयोगमा विश्वासकाे मत पाउन सफल भएका हुन् ।

देउवाले विस्वासको मत पाएसँगै पाँच वर्षका लािग निर्वाचित सांसद पुरा अवधि चल्न पाउने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले संसद विघटनको सिफारिस गर्दै निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नियुक्त भएका प्रधानमन्त्री देउवाले आईतबार संसदमा विश्वासकाे मत मागेका थिए ।

अब कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा खेमा र जनमोर्चा नेपालको गठबन्धनमा सरकारले संसदको बाँकी कार्यकालभर सत्ता सहयात्रा गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर