काठमाडौँ – दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकमा रमाइलो अनुभूति पाइएको छ ।
पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले आज एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन मात्र दिएन, विरलै पाइने यस्तो दृश्यले जनमतबाट सरकारको नेतृत्व गरी निरङ्कुशता लाद्न प्रतिगमनकारी कदम चाल्ने जो कोहीलाई पनि राम्रो सन्देश दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०मा नेपाल कम्युनिष्ट पार्टी ९जनवादी० आज समाहित हुनका लागि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अतिथि दिर्घामा बसेका सबै अतिथिले प्रतिगमनका विरुद्ध सामूहिकरूपमा नृत्य कला प्रदर्शन गरेका थिए ।
पूर्वप्राधानमन्त्री नेपाललाई पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले साथ दिएर नाच्दै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कला कौशल प्रस्तुत गरे ।
लोक दोहरी गायनमा अभ्यस्त मन्त्री श्रेष्ठको लचिलो नृत्यलाई सबै अतिथिले साथ दिएपछि सांस्कृतिक माहोल तातेको थियो ।
जनवादी पार्टीका ४५ सदस्यीय केन्द्रीय समितिसहित एक हजार १९२ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएका उक्त कार्यक्रममा अन्य सांस्कृतिक गतिविधि गरिएका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनवादी पार्टीका नेतालाई पार्टीमा स्वागत गर्दै राजतन्त्र अन्त्य भएसँगै एक वंशको शासनको निरङ्कुशता समाप्त भएको अवस्थामा एक व्यक्तिको निरङ्कुशताले प्राप्त भएका उपलब्धी सङ्कटमा परेकाले समान विचारधारा भएका कम्युनिष्ट पार्टी एकीकरण गरी जनअधिकारका साथै राष्ट्रियताको रक्षाका लागि नयाँ पार्टी स्थापना गरिएको बताए ।
सामाजिक विकासमा समर्पित, इमान्दारी, निष्ठावान् व्यक्तिको सामूहिक अठोटले समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताउँदै उनले भने, “विचार सही छ र उद्देश्य पवित्र छ भने जस्तोसुकै सङ्कल्प पनि पूरा हुन्छ ।”
राष्ट्रिय राजनीतिको विकास क्रममा पार्टीले निर्वाह गरेको भूमिकाका कारण आफ्नो पार्टीप्रति देशैभर जनताको आकर्षण बढनुका साथै पार्टी प्रवेशमा नयाँ लहर शुरु भएको उल्लेख गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा पार्टीको सङ्गठन अब्बल रहेको तथा बागमती र १ नं प्रदेश सरकारको नेतृत्व पार्टीले गरेको प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री नेपालले कसैले पनि नेकपा ९एस०लाई कमजोर आकलन नगर्न चुनौती दिँदै समाजमा विद्यमान विसङ्गति, भ्रष्ट प्रवृत्तिका विरुद्ध अब युवा वर्ग क्रियाशील भई सुशासनको प्रत्याभूति गर्नुपर्ने र समग्र समस्या समाधन गर्ने सक्षमताको विकास गरी पार्टीको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले सिङ्गो मुलुकलाई सही दिशा निर्देशन गर्न खाँचो औँल्याउँदै जनताको समृद्धिलाई केन्द्रमा राखेर नेपाली परिवेशको समाजवाद विकास गरी उद्यमशीलताका माध्यमबाट उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका क्रममा समाहित भएको नेकपा ९जनवादी०बाट पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।
उनले विगतमा भएका राजनीतिक परिवर्तनले जनताको आर्थिक उन्नति तथा जीवनस्तरमा सुदृढीकरण हुन नसकेकाले अब नीति निर्माण तथा कार्य योजनामा ती विषयवस्तु प्राथमिकतामा राखिने बताए ।
पार्टीका महासचिव डा बेदुराम भुसालले कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी देशलाई समुन्नत दिशातर्फ रूपान्तरण गर्न विभिन्नमा शिरामा छरिएका वामपन्थी पार्टीलाई एकताबद्ध गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा ९जनवादी०का नेता डिएस महतले नेकपा ९एस०को नेतृत्व निष्कलङ्कका साथै राष्ट्रवादी भएको तथा अधिकांश नेताको जीवनशैली सादगी भएकाले आफूहरु समाहित भएर राम्रो पार्टी निर्माणमा योगदान गर्ने विचार व्यक्त गरे ।
प्रतिक्रिया
-
४
