बझाङ – जिल्लाबाट विदेश तथा चीनको तिब्बतमा निर्यात हुने नेपाली हस्तकला तथा फुरु सङ्कलन गर्न डिभिजन वन कार्यालय बझाङबाट पुर्जी नपाउँदा व्यवसायी समस्यामा परेका छन् ।

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरुलगायत अन्य सामाग्रीहरु साइपाल गाँउपालिकाको ताक्लाकोट नाका भएर चिनियाँ बजारमा पठाउने गरिन्छ ।

बझाङको सदरमुकाम चैनपुरदेखि करिब तीन दिन पैदल यात्रा गरी पुगिने साइपाल गाउँपालिकासाग जोडिएको चीनको तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार हुँदै आएको थियो ।

तस्वीर : रमेश केसी, रासस

प्रतिक्रिया

सम्बन्धित खवर