
सउल / गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाको आयोजनामा नेपालमा लगानीको अवस्था र सम्भावना बिषयमा अन्तर्क्रिया हुने भएको छ ।
अर्थ मन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको उपस्थितिमा ‘श्रमको सम्मान, श्रमिकलाई वित्तीय ज्ञान’भन्ने मूल नाराका साथ उक्त अन्तर्क्रिया हुने भएको हो ।
कार्यक्रमले बिशेष रूपमा दक्षिण कोरियामा श्रम, व्यापार, अध्यन एव् विभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुने बताइएको छ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । भर्चुअल माध्यम अर्थात जुम मार्फत आगामी शनिबार कोरियन समय बेलुकी ८ बजे हुने आयोजकले जनाएको छ ।
एनआरएनएहरूका लागि सञ्चालनमा ल्याइएका डलर खाता साथै विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवं सम्भावना, वैधानिक रेमिटेन्सको महत्व, ऋचथउतयअगचचभलअथ मा लगानी र देश को अर्थतन्त्रमा पर्ने प्रभाव लगायतका विषयमा कार्यक्रममा छलफल गर्ने बताइएको छ ।
कार्यक्रमबाट समग्र नेपाली अर्थतन्त्रको वृद्धि र विकासमा टेवा पुग्ने भन्दै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्जिव राइले दक्षिण कोरियामा भएका सम्पूर्ण नेपाली संघ सस्थाहरूलाई सो कार्यक्रममा सहकार्य गर्न अपिल गरेका छन् ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण रहेको तथ्यलाई जोड्दै एनआरएनए कोरियाका महासचिव रोशन भट्टराईले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका बहुसंख्यक नेपालीहरुले नेपाल पैसा पठाउन बैधानिक माध्यम प्रयोग गर्ने बताए ।
साथै उनले यसले नेपाली अर्थतन्त्रको खस्केको अवस्थालाई सुधार गर्नका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफुले बुझेको साथै हुन्डी लगायत अन्य अबैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पर्ने बताए ।
उनले एनआरएनए कोरियाको महत्वपूर्ण अभियानमध्ये वैधानिक रेमिट्यान्स नेपाल भित्राउने पनि भएकोले यो कार्यक्रममा गर्न लागिएको बताए।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको साथै दक्षिण कोरियामा भएका मिडिया एंव सञ्चारकर्मी तथा विभिन्न संघ संस्था र सरोकारवाला निकाय पनि कार्यक्रममा जोडिने एनआरएनए कोरियाका प्रक्ता सन्तोष खड्काले जानकारी दिए । उनले फेसबुक पेज बाट प्रत्यक्ष लाइभ गरिने भएकोले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमात्र नभई बिश्वभरी छरिएर रहेका नेपालीहरु लाभान्वित हुन सक्ने बताए।
प्रतिक्रिया
-
४