काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर