काठमाडौँ – नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय कार्यसमितिमा ११ साहित्यिक पत्रकार मनोनयन गरिएको छ ।

सङ्घको यही मङ्सिर ३ गते काभ्रेको वनेपामा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष मोहन दुवालको अध्यक्षतामा आज भएको पहिलो बैठकले कार्यसमितिलाई पूर्णता दिँदै नयाँ कार्ययोजना पारित गरिएको सङ्घका महासचिव चेतनाथ धमलाले जानकारी दिए ।

मनोनित हुनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’, ठाकुर शर्मा, देवेन्द्र लम्साल, सञ्जय साह ‘मित्र’, नरेशवीर शाक्य, विष्णु भण्डारी, लम्जेल सङ्घर्षशील, अर्जुन तामाङ, इन्द्रकुमार विकल्प, श्रीराम श्रेष्ठ र अच्युत अधिकारी हुनुहुन्छ ।

महासचिव धमलाले साहित्यिक पत्रपत्रिकाको इतिहास र अभिलेख सङ्कलन, साहित्यिक पत्रकारको भ्रमण आदानप्रदान, सङ्गोष्ठीको आयोजना, ‘आलेखन’ वार्षिक पत्रिकाको नियमित प्रकाशनलगायतका कार्ययोजना पारित भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर