काठमाण्डौ – नेपाली सेनाले आफ्नो २६३ औँ स्थापना दिवस मनाएको छ । महाशिवरात्रीको विशेष दिनमा स्थापना भएको नेपाली सेनाले बुधबार सैनिक मञ्च टुँडीखेलमा दिवश मनाएको हो । सेनाले स्थापना दिवससँगै शिवरात्रीको अवसरमा बढाइँ पनि गरेको छ ।

सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहित नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू र नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वहरू सहभागी भएका थिए ।

अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज पर्दशन लगायत सांस्कृतिक कार्यक्रम र झाँकीहरू समेत देखाईएको थियो ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर