काठमाण्डौ – शनिवार सेफ एसोसिएसन अफ नेपालको २९ औं वार्षिक साधारणसभा काठमाडौं, रानीवारीमा सम्पन्न भएको छ ।साधारणसभाबाट अध्यक्ष पदमा सेफ रेशम तामाङ चयन भएका छन् । तेस्तै महासचिवमा सेफ पदमा आले मगर काेष-अध्यक्षमा सेफ सुनील तामाङ सहितको१७ कार्यसमिति बिस्तार भएको छ ।
कार्यसमितिले आउदो दिन हरुमा संस्थालाई आर्थिक, सामाजिक, भौतिक रूपमा सु- सम्पन्न बनाउदै, एकतापूर्ण रुपले सबै नेपाली सेफहरू मिलीजुली नेपाली खानालाई विश्व माझ चिनाउने योजना रहेको कोषाध्यक्ष सुनिल तामाङले बताए । नेपाली पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने र नेपालमा आउने आन्तरिक पर्यटकलाई समेत नेपाली मौलिक खाना चिनाउनुका साथै देशको अर्थतन्त्र मजबुद बनाउन सहयोग गर्ने कार्यसमितिको योजना छ ।
राम्रो गुणस्तरीय खानाको शिक्षा दीने , आफू भन्दा अग्रज लाई सम्मान गर्दै आउदो पुस्तालाई समेत प्रोत्साहित र हौसला प्रदान गर्ने , विश्व माझ नेपाल र नेपाली मौलिक खानालाई चिनाउने कार्यसमितिको उदेश्य रहेको एसोसिएसनका अध्यक्ष रेशम तामाङले बताए ।
प्रतिक्रिया
-
४