रामेछाप – रामेछाप जिल्लाको प्रसिद्ध खाँडादेवी मन्दिरभित्र रहेको चन्दाबाकस चोरी गर्ने काभ्रे फलामेटारका रविन खुलाललाई प्रहरीले प्रकाउ गरेको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल खाँडादेवी मन्दिरमा राखिएको चन्दा बाकस दानपेटिका चोरी गरी दानपेटिकामा रहेको झण्डै ६० हजार रुपैँया कुम्ल्याएर भाग्ने क्रममा खुलाल पक्राउ परेका हुन् ।

मन्दिर स्थित दानपेटीकामा रहेको पैसा चोरी गरेर फरार भएका खुलाललाई आज बिहान रामेछाप सिन्धुली जोड्ने सित्खाको झोलुङ्गे पुलबाट भाग्दै गरेको अवस्थामा प्रहरी चौकी सित्खाबाट खटिएको नवराज कार्कीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आज बिहान करिब साढे दस बजे गाउँपालिकाकै सित्खामा प्रहरीले खुलाललाई पक्राउ गरेको मन्दिर व्यवस्थापन समितिका काेष -अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दीए ।
गएराती अन्दाजी २ बजेतिर दानपेटिका चोरी भएको थियो । बिहान नित्यपूजा गर्ने क्रममा पुजारीले थाहा पाएपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले ईलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । मन्दिरबाट चोरी भएको रकम ५९ हजार ६ सय २० रहेको समेत प्रहरीले बताएको छ ।

– राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर