खाना पकाउने ग्याँसका ४५० वटा भरिएका सिलिण्डर बोकेर गुडिरहेको ट्रकमा चट्याङ पर्दा निकै भिषण विष्फोट भएको छ । यो भयानक दुर्घटनामा परेर पनि ट्रकका चालक भने बाँच्न सफल भएका छन् ।

यो दूर्घटना भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा भएको हो ।

गुडिरहेको ट्रकमा चट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सिलिण्डर थिए । ट्रक पल्टिएपछि आगो लाग्यो र र सिलिण्डरहरु विष्फोट हुन थाले ।

एकपछि अर्को गर्दै करिब अढाइ घण्टासम्म सिलिण्डर विष्फोट भइरहे । यो दुर्घटनाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । केहि दिनअघि अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।

घटनापछि घनास्थलमा पुलिस तैनाथ गरिएको थियो । घटनापश्चात ग्याँस कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सिलिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ । ड्राइभर र सहयोगीको देवलीको एक अस्पतालमा उपचार भइरहेको छ ।

यो दुर्घटनापछि आगो यति भीषण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए । विष्फोटमा सिलिण्डरहरु उछिट्टिएर आधा किलोकिटर टाढासम्म पर पुगेर खसेका थिए ।

देवली नगरपालिकाको दमकलका एक कर्मचारीका अनुसार घटनास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै कठिन भइरहेको थियो । दमकल पनि घटनास्थलको नजिक जान सकेको थिएन । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्यान बचाए । यद्यपि उनको हात र शरीरका कैयौं ठाउँमा पोलिएको छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर