जीवन खत्री – रामेछाप खाँडादेवी वार्ड नं. ३ भिरपानी आँपचौरको अध्यक्षमा एमालेका पुष्करकुमार कार्की निर्वाचित भएका छन् । उनले १४२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका भक्तबहादुर श्रेष्ठले ९३९ मत प्राप्त गरेका थिए ।

तेस्तै वार्ड सदस्यमा राजेश श्रेष्ठ, दुर्गाबहादुर माझी महिला सदस्यमा सानुकान्छी खड्का र दलित सदस्यमा सुन्तली बाग्दास निर्वाचित भएका छन् ।

यसअघिका पनि सो वार्डमा उनैको नेतृत्वमा नेकपा एमालेले विजय हासिल गरेको थियो ।

खाँडादेवी गाउँपालिकामा ९ वडा मध्ये कांग्रेसका तर्फबाट वार्ड नं ६ माकादुममा प्यानलै विजयी भएको छ भने वार्ड नं १ मा माओवादी केन्द्र र बाँकी सबै वार्डमा एमालेले विजय हाँसिल गरेको छ ।

तेस्तै पालिका अध्यक्षमा एमालेको तर्फबाट ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेबाटै रमा घिसिङ बिजयी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर