अब्दुल कलाम अर्थात अवुल पकिर जैनुला अबदीन अब्दुल कलाम एक मध्यम वर्गीय मुस्लिम परिवारमा जन्मिएका व्यक्ति हुन् । उनी १५ अक्टोबर, १९३१, रामेश्वरम धनुषकोटि, तमिलनाडु, भारतमा जन्मिएका थिए । जसलाई सामान्यतयाः डाक्टर ए पी जे अब्दुल कलामका नामले जानिन्छ ।
डाक्टर ए.पीजे. अब्दुल कलाम भारतीय गणतन्त्रका ११ औँ निर्वाचित राष्ट्रपति हुन् । उनी भारतका पूर्वराष्ट्रपति, प्रसिद्ध वैज्ञानिक र अभियन्ता हुनाका साथै उनी अविवाहित थिए। डा. आरजे आब्दुल कलाम भारतको मिसायल कार्यक्रमको प्रमुख वास्तुकार पनि हुन् । अब्दुल कलामको पिता जैनुलाब्दीन न त धेरै पढेलेखेका थिए, न त धेरै धनी नै थिए। उनी एक नाविक थिए र नियमका पक्क थिए। यिनको पिता मछुआराहरूलाई नाऊ भाडामा दिने गर्थे ।
उनले आफ्नो जीवनका समय र समाजलाई धेरै कुरा सिकाएर गएका छन् । आज पर्यत्न पनि उनका उत्कृष्ट भनाइहरु प्रसिद्ध र मननयोग्य छन् ।
अब्दुल कलामका उत्कृष्ट भनाइहरु
१. सफल भएका कथाहरु मात्र पढ्यौ भने, तिमीले सन्देश मात्र पाउँछौं । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छौं ।
२. सगरमाथा चढ्नुहोस् अथवा आफ्नो करिअरमा सफलता प्राप्त गर्न, तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।
३. आत्माविश्वास र मेहनत नै असफलताको औषधि हुन् ।
४. कुनै पनि धर्मले आफूलाई माथि देखाउन मान्छे मार भन्दैन ।
५. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ , तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । त्यहि सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ ।
६. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन । तिमी पूर्ण रुपले जागा भएको बेला देखेको काल्पनिक शक्ति हो ।
७. युवा अवस्थामा नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढि कल्पना शक्ति , र उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।
८. कसैलाई हराउन एकदम सजिलो हुन्छ तर, कसैलाई जित्न त्यो भन्दा गाह्रो हुन्छ ।
९. विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।
१०. सानो लक्ष्य राख्न भनेको अपराध जस्तो हो ।
११. उत्कृष्टता आकस्मिक घटना होइन निरन्तर प्रयासको फल हो ।
***
संकलक – जनक कार्की
प्रतिक्रिया
-
४
