सर चाल्स स्पेन्सर चैप्लिन (चार्ली चैप्लिन) को जन्म १६ अप्रिल सन् १८८९ मा ईस्ट स्ट्रीट लण्डन इङ्ल्याण्डमा भएको थियो । उनी अङ्ग्रेजी हास्य अभिनेता तथा निर्देशक थिए । प्रसिद्ध हास्य कलाकारको साथसाथै अमेरिकी चलचित्रको क्लासिकल हलीउड युगको प्रारम्भ देखि मध्यकालसम्म महत्वपूर्ण फिल्म निर्माता र संगीतकार भएर योगदान गरे ।

पहिलो विश्वयुद्धमा मानिसहरूमा शोक र निराशा छाएको बेला सबैको मुहारमा मुस्कान ल्याउन सफल कलाकारको रूपमा पनि उनलाई लिइन्छ । २५ डिसेम्बर सन् १९७७ मा उनी दिवंगत भए । आजको विवेक क्याप्सुल स्तम्भमा आउनुस् उनकै अनमोल विचारसँग विचरण गरौँ ।

ऐना मेरो सबैभन्दा प्यारो साथी हो किनभने जब म रुन्छु त्यो कहिले हाँस्दैन् ।

***

म प्राय वर्षातमा घुम्न मन पराउँछु किन कि कसैले म रोएको देख्दैनन् ।

***

हाँसो बिना बितेको दिन, व्यर्थको दिन हो ।

***

तिमी, मात्र मुस्कुराउन जान्यौ भने पनि जिन्दगी मुल्यवान लाग्नेछ ।

***

वास्तवमा हाँसोको कारण त्यहीँ बन्छ जो कुनै दिन तिम्रो दु:खको कारण थियो ।

***

कुनै पनि मान्छेको असली चरित्र ऊ नसामा भएको बेला उदघाटन् हुन्छ ।

***

जिन्दगी नजिकबाट हेर्दा त्रासदी देखिन्छ तर टाढाबाट कमेडी ।

***

असफलता महत्वपूर्ण हुँदैन । आफ्नो मजाक आफैँले उडाउन् सबैभन्दा बढी हिम्मत चाहिन्छ ।

***

तिमीलाई के कुराको अर्थ जान्नु छ ? जिन्दगी इच्छा हो अर्थ होइन ।

***

यो दुनियाँमा केही पनि स्थायी छैन, हाम्रो दु:ख पनि ।

***

सहि समयमा गलत काम गर्नु नै विडम्बना हो ।

***

संकलक – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर