कवि विनोद कुमार शुक्ल भारतको प्रशिद्ध कवि, कथाकार तथा उपन्यासकार हुन्। १ जनवरी सन् १९३७ मा भारतको छत्तिसगढमा जन्मिएका शुक्लले प्रध्यापनलाई प्रमुख पेशा बनाए। परम्परागत साहित्यिक शैलीलाई छोडेर नयाँ कवित्वको सिर्जना गर्ने कविको रूपमा शुक्ललाई स्वीकारिन्छ। सन् १९९९ मा साहित्य एकेडेमी अवार्डमा सम्मानित भएका छन्। विनोद कुमार शुक्ल फरक भाषिक बनावट र संवेदनात्मक गहिराईको लागि परिचित छन्। आउनुस् आजको विवेक क्याप्सुलमा उनको उपन्यास ‘नौकर कि कमीज’बाट नेपालीमा अनुवादका गरिएका केही उद्धरण प्रस्तुत गरेका छौँ :
प्रजातन्त्रमा सरकारलाई आलोचना गर्न सक्ने अधिकार हुन्छ तर मैले सो अधिकारको प्रयोग गरेको छैन ।
जति पनि खराब कुरा छ यसको कारण हो केही कुरा लुकाइदैन्, जति पनि असल कुरा छ्न् यसकारण छ कि केही कुरा लुकाइन्छ्न् ।
महत्वपूर्ण कुरा जिउँदो मान्छेको नाडीमा बाँधिएको बन्द घडीको थिएन । महत्त्वपूर्ण कुरा त मरेको मान्छेको नाडीमा चलिरहेको घडीको थियो । मेरो मामिला मरेको मान्छेको चलिरहेको घडीको थियो ।
घर त खुल्ला पिँजडा जस्तै थियो, जसमा बस्ने बानी पर्छ । चन्द्रमा आकाशबाट भागेर कहाँ जान्छरु आकाशबाट भागेर आकाशसँगै हुन्छ ।
छुट्टीदेखि म डराउँछु । छुट्टी मलाई एउटा यस्तो फुर्सद लाग्छ जसमा आफ्नो तमासा आफैं हेर्नुपर्छ ।
फर्किनुको लागि आफ्नै घर आवश्यक पर्छ, चाहेँ भाडाको एउटा कोठा वा एउटै कोठामा बस्ने अरू भाडावाला ।
दृश्य बदलिनुको लागि आँखा झिमिक्क हुनु नै काफी छ ।
हैसियत अनुसार नियत तलमाथि हुने सम्भावना हुन्छ ।
उपेक्षित उपस्तिथि भएपछि मान्छेलाई अदृश्य हुन समय लाग्दैन ।
समय कुनै दुरी थिएन जसलाई बिस्तारै हिँडेर बचाउन सकिन्थ्यो वा छिटोछिटो हिँडेर शीघ्र कटाउन सकिन्थ्यो । समय त कोदालो चलाएर पनि बितेको थियो । बेकार भएको बेलामा पनि बितेकै हो ।
संसारलाई आगो लगाउने सलाई सात समुन्द्र मुनि छ । सयौंवर्ष पहिले सलाईका काटी भिजेर ध्वस्त भएको छ । त्यहाँसम्म कोहि पुग्न सक्दैन । दुनियाँलाई कसैले बदल्न सक्दैन । यदि तिमी मात्र एक्लै परिवर्तन भयौ भने नराम्रोसँग मर्नेछौ ।
प्रतिक्रिया
-
४
