सिन्धुपाल्चोक जिल्लाको सामान्य परिवारमा जन्मिएका सुनिल तामाङ करिब ३ दशक अघि रोजगारीको सिलसिलामा काठमाडौं आएका थिए । घरको आर्थिक अवस्था सामान्य रहेको तामाङले आफ्नो माध्यमिक तहको शिक्षा आफ्नै गाउँ बाट गरे । तर परिवारको आर्थिक अवस्थाका कमजोर थियो । बाँकी पढाई सोचे अनुरुप गर्न सकेनन । आर्थिक अवस्थाकै कारण आफ्नो इच्छा मार्न परेपछि तामाङ काठमाडौं आएका थिए फ

वि.सं २०३४/१२/५ गते सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोक नगरपालिका वडा नं. ९ मा पिता चक्र बहादुर तामाङ तथा माता विद्यामाया तामाङको कोख बाट जन्मिएका सुनिल तामाङ काठमाडौं छिरेपछि निकै दु:ख पाए । शहर एउटा यस्तो ठाउँ हो जहाँ दैनिक हजारौं संख्यामा मान्छेहरू आउने गर्छन् । आफ्नो सपना साहाकार पार्न यहाँ भित्रिने आम मध्येकै एक हुन् सुनिल तामाङ । जब तामाङ काठमाडौं आए आफुले सोचे अनुकुलको वातावरण थिएन । न खाने ठाँउको ठेगान थियो न बस्ने ठाँउ । धन्न तामाङले होटेलमा काम पाए ।

उनको जीवनको बिगततिर हेर्दा अचम्म लाग्ने खालको छ । जहाँ हजारौं सपनाहरू सजिव हुन्छन् । तामाङले २०४८ साल बाट मार्कापोलो ईटालियन रेस्टुरेन्ट हुँदै आफ्नो रोजगारी अगाडि बढाएका थिए । जहाँ ५ वर्ष दिनरात मेहनत गरेपछि बिभिन्न होटलहरूमा भाँडा माझ्दै, हेल्पर हुँदै, सहायक कुक हुँदै सेफ बन्न सफल भएका छन्

जीवनमा आइपरेका हरेक समस्याहरु कहाँ सजिलै सामाना गर्न सकिन्छ र त्यस्का लागि हरेक समयको सामाना गर्नु सिक्नु पर्छ । तामाङ ५६ सालमा कतारको एक प्रतिस्ठित कम्पनी कतार एअरवेज मा २०५७ सालमा सीनीयर कुकमा जोडिए । उनले २०६२सालमा इराक ,२०६३ सालमा अफ्गानीस्तान, हुँदै २०६३ मा दुबई जा होटेल, २०६७ ओमन, २०६९ मा रसियाको शेराटन होटेल, २०५२ ताजाकिस्तान सेराटन होटल, हुँदै विभिन्न देशमा काम गर्दै १६ वर्षको लामो अनुभव बटुले। त्यसपश्चात आफ्नै जन्मभूमि आइ सेफ एसोसिएसन अफ नेपालको साधारण सदस्य लिए र नेपाल फर्किए ।

नेपालमा फर्केर उनले ब्रिक क्याफेमा वरिष्ठ सेफको भूमिका समेत निर्वाह गरे । आफ्नो समय कुकिङ क्षेत्रमै बिताए । सेफ सुनील तामाङ लागि त्यतिबेला सम्म धेरै चिनिईसकेका थिए । अत्यन्तै मिलनसार, कर्मशिल, आफ्नो कामप्रति उच्च मनोबलका साथ लागि पर्ने सेफ सुनील तामाङ को प्रसंशा बढ्दै गयो । यहि क्षेत्रमै काम गर्दागर्दै नेपालमै रहेको बहुचर्चित ५ तारे होटल होटेल याक एण्ड यतीले उनलाई वरिष्ठ सेफका लागि जागीरमा आफर गर्‍यो उक्त अफर उनका लागि सुनमा सुगन्ध भयो ।

केही समय उक्त होटेलमा वरिष्ठ सेफको भुमिका निर्वाह गरे । यसै तारे होटेलमा काम गर्ने क्रममा उहाँले सोही होटेलले प्रदान गर्ने विशेष अवार्ड समेत प्राप्त गरे

समयसँगै हरेक मानिस हरुको सोच पनि परिवर्तन हुन्छ । आफ्नो लामो अनुभवलाई आफ्नै व्यवसायमा बदल्ने सोच राख्दै हाल काठमाडौंको चाबहिलमा रहेको स्मार्ट प्यालेस, धुम्बराही स्थित स्मार्ट महलको संचालक सदस्यमा आबद्ध हुनुहुन्छ ।

सेफ तामाङ गत महिनामा सम्पन्न रहेको सेफ एसोसिएसन अफ नेपालको केन्द्रिय कोष- अध्यक्षमा समेत निर्वाचित भएका छन् । नेपालमा रहेको मौलिक खानालाई विश्वमाझ चिनाउने र नेपालमा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउनुका साथै नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग गर्ने, राम्रो गुणस्तर खानाको शिक्षा दीने समेत उनको उद्देश्य रहेको छ !

सिन्धुपाल्चोकको मध्यम परिवारमा जन्मिएका सेफ तामाङले यसै पेशामा आबद्ध रहि हाल आफू सफल व्यावसाय र आत्मसन्तुष्ट रहेको सुनाउछन् । हाल सयौँलाई रोजगारी दिन सफल उनी भन्छन् -‘कर्म गरे फल अवस्य मिल्दछ कर्म गरिरहनु पर्छ ।’

प्रस्तुती – राजन खत्री

प्रतिक्रिया

सम्बन्धित खवर