सउल दक्षिण कोरिया – दक्षिण कोरियामा पनि कोभिड १९ को नया भेरियन्ट ओमिक्रोन फेला परेको छ । मंगलबार, कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नया भेरियन्ट अोमिक्रोन पाईएको हो ।
दुवै डोज खोप लगाएका ती दम्पती नोभेम्बर १४ तारिख देखि २३ तारिख सम्म नाईजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परिक्षणमा सकारात्मक रिपोर्ट आएको हो ।
दुबै खोपको मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने संकेत डब्लुएचओले दिएसँगै नया भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको बिषय भएको जनाएको छ ।
कोरियाले गत शनिबार देखिनै लागु हुनेगरि दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिमबाब्वे, नामिविया, लसोथो, इसवाथिनी, मोजाम्विक र मालावीबाट हवाई उडान सहित आवागमन अनिश्चित कालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नया भेरियन्ट देशमा फैलिनबाट रोक्नको लागि बिभिन्न नियमहरू समेत कडा बनाएको छ ।
यहाँको केडीसीएले ओमिक्रोन भेरियन्ट देशका बिभिन्न भागमा छ छैन भनेर परिक्षणको मात्रा पनि ब्यापक बनाएको छ ।
नया भेरियन्ट ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका झण्डै आधा लाख नेपालीमा पनि त्रास छाएको छ । यसका साथै कोरोनाका कारण नेपाली कामदार कोरिया लाने प्रकृया लामो समयसम्म अवरुद्द भई भर्खरमात्रै सञ्चालन सुरु भए पनि ओमिक्रोनका कारण फेरि रोकिन सक्ने खतरा बढेको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया
-
४
