काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख ५४ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण गरिएकोमा ती सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा एक हजार ४३२ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ३६१ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा नौ हजार ३६२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर