कमला भसीन (१९४६–२०२१) नारीवादी कार्यकर्ता, कवि लेखक र सामाजिक वैज्ञानिकको रूपमा परिचित भसीनले समाजमा महिलालाई सम्मान दिलाउन अथक प्रयास गरिन् । कमला भसीन सन १९७० को दशकमा भारतसँगसँगै दक्षिण एसियामा महिला आन्दोलनको एउटा प्रखर आवाज रहिन् । उनको काम लैंगिक भेदभाव शिक्षा, मानव विकास र मिडियामा केन्द्रित थियो ।

उनले सन् २००२ मा नारीवादी नेटवर्क ‘संगत’को स्थापना गरिन्, जसले ग्रामीण र आदिवासी समुदायमा वञ्चित महिलासँग काम गरिन् । संयुक्त राष्ट्रको आफ्नो जागिर पनि छोडेर यसैमा लागिरहिन् ।

भसीनले नारीवाद र पितृसत्तामा आधारित कयौं पुस्तक लेखेकी छिन् । उनका पुस्तकहरू तीसभन्दा बढी भाषामा अनुवाद भएका छन् । महिला अधिकारको लागि एउटा योद्धा भएर जीवनभर उनले गरेको कर्मले भसीनलाई यो युगले बिर्सन सक्ने छैन । आज विवेक क्याप्सुलमा उनै भसीनका विचारोत्तेजक अनमोल वाणी प्रस्तुत गरेका छौँः

पुँजीवाद र पितृसत्ताको दोहोरो सम्बन्ध हुन्छ ‘पुँजीवादलाई सस्ता श्रमिकको आवश्यकता हुन्छ र सबैभन्दा सस्ता श्रमिक महिला हुन् ।’

बलात्कारले नारीको होइन पुरुषको इज्जत लुटिन्छ ।

महिलाहरू सांसदमा आएर मात्र सबै कुरा ठीक हुँदैन । म चाहन्छु कि अधिक नारीवादी महिला सांसदमा पुगून् । नारीवादी महिलाले स्त्री–पुरुषको समानता को कुरा गर्नेछन् । नारीवादी महिलाले जातको चक्करबाट पछाडि हट्दैनन् । म चाहन्छु कि नारीवादी महिला मात्र होइन पुरुष पनि चाहन्छु । यो सोच कुनै लिङ्गको होइन ।

नारीवादीको अर्थ हो, ‘समानता मात्र समनाता ।’

प्रकृतिले भेद बनाउँछ, भेदभाव होइन । समाज प्रकृतिले बनाएको भेदको आधारमा भेदभाव गर्छ ।

यदि कसैलाई नारीवादसँग समस्या छ भने संवाद गर्न जरुरी हुन्छ । नारीवादलाई सबैभन्दा ठूलो बदनाम पुँजीवादी र पुँजीवादी मिडिया गराउँछ्न् ।

संविधानले वर्षौं पहिले भनिदिएको छ कि नारी–पुरुष बराबर हुन् तर समाजले अहिलेसम्म यो कुरा बुझ्न सकेको छैन ।

मैले धेरै महिलालाई चिन्दछु जो पुरै पितृसत्तात्मक छ्न् । उनीहरू सम्पूर्ण रूपले महिला विरोधी छन्ः जसले अन्य महिलासँग गलत व्यवहार गर्छन् । मैले यस्ता पुरुषलाई पनि चिन्दछु जसले महिला अधिकारको लागि आफ्नो जीवन सुम्पिएका छन् । नारीवाद जैविक होः नारीवाद एउटा विचारधारा हो ।

मेरा लागि बलात्कृत हुने महिला भन्दा बलात्कार गर्ने पुरुष अधिक अमानवीय हो । जुन पुरुषले आफ्नो साथीलाई हातपात गर्छ, त्यो मान्छे नै होइन । पुरुषले यो बुझ्न जरुरी छ कि उनीहरू पूर्ण रुपमा तब मात्र स्वतन्त्र हुन्छन् जब महिला पूर्ण रूपमा स्वतन्त्र हुन्छ्न् ।

विशेष पुरुष समानतासँग डराउँदैनन् ।

एउटा महिलासँग विवाह गर्ने श्रीमानले पति स्वामी जस्ता शब्दले सम्बोधन गरोस् भन्ने कुरा गलत हुन्छ । एउटा वयस्क महिलाको कोहि पनि स्वामी र अधिकारी हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर